PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्ड भेट्न बेलायती मन्त्री खुमलटारमा



प्रचण्ड भेट्न बेलायती मन्त्री खुमलटारमा

काठमाडौं: बेलायतकी अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सग बुधवार नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न ललितपुरस्थि प्रचण्ड निवास खुमलटार पुगेकी छन्।

नेपाल भ्रमणमा रहेकी वेलायती मन्त्री सग खुमलटारमा पुगेर नेपालको आर्थिक समृद्धिका लागि वेलायत सरकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन्।

उनले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित भएको भन्दै प्रजातान्त्रिक प्रक्रियाबाट नेपालका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व भएकोमा खुसी व्यक्त गरिन्। 'नेपालमा भएको महिला सहभागिता विश्वकै लागि उदाहरणीय हो,' बेलायती मन्त्री सगको भनाइ थियो।

भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको भन्दै बेलायतको सहयोगका लागि आह्वान गरेका थिए।

‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं,’ भेटमा प्रचण्डले भनेका थिए,  'त्यसका लागि लगानीको आवश्यक्ता छ। नेपालमा लगानीको वातावरण बनेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell