PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा लोकसभा निर्वाचन : मत गणना शुरु, मोदी नै आउलान् कि राहुल?



भारतमा लोकसभा निर्वाचन : मत गणना शुरु, मोदी नै आउलान् कि राहुल?
फोटो: freepressjournal.in

काठमाडौं: भारतको लोकसभा निर्वाचनको मत गणना शुरु भएको छ। अप्रिल ११ बाट शुरु भएको लोकिभा निर्वाचन सात चरणमा मे १९ मा सम्पन्न भएको थियो।

इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको निर्वाचनमा यी मेसिनहरुको सुरक्षा लागि स्ट्रङ रुमको व्यवस्था गरिएको थियो। मत गणनालाई मध्यनजर गर्दै भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

एक्जिट पोलहरुले भारतमा पुन: नरेन्द्र मोदीको सरकार बन्ने प्रक्षेपण गरेको छ। ५४३ लोकसभा सिटमध्ये मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले ३०० भन्दा बढी सिट जित्ने सर्वेक्षण अधिकांश सर्वेक्षणहरुले देखाएको छ। यस्तै भारतीय कांग्रेसको नेतृत्वमा रहेको युनाइटेड पोग्रेसिभ एलायन्स (युपिए) ले करिब १३० सिट जित्ने अनुमान गरिएको छ।  अन्य दलहरुले भने १०० हाराहारीमा सिट जित्ने अनुमान छ।

तर, विपक्षीहरुले भने एक्जिट पोलका नतिजाहरुलाई जनताको मतको अपमान भनी टिप्पणी गरेका छन्।

उत्तर प्रदेशको चुनावी नतिजाले यसपटकको समीकरणमा फरक पर्ने विश्वास गरिएको छ। लोकसभामा सबैभन्दा बढी ८०  सांसद पठाउने उत्तर प्रदेशमा २०१४ सालमा एनडीएले ७३ सिट जितेको थियो। यसपटक भने मोदीलाई त्यही सफलता हासिल गर्न गाह्रो हुने अनुमान गरिएको छ। समाजवादी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाएर यसपटक उत्तर प्रदेशको निर्वाचनको परिणामामा ठूलो हेरफेर हुन सक्ने बताइएको छ।

२०१४ को निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो भने एनडीएले ३३६ सिट जितेको थियो।

२०१४ मा कांग्रेसले मात्र ४४ सिटमा जित हासिल गरेको थियो भने उसको नेतृत्वमा रहेको युपीएले मात्र ६० सिट जितेको थियो। २०१४ को निर्वाचन कांग्रेसको इतिहासको सबैभन्दा खराब नतिजा थियो।

यसपटकको निर्वाचन मोदी र भारतीय कांग्रेसको अध्यक्ष राहुल गान्धीको लोकप्रियता र राजनितिक भविष्यको जनमतसंग्रहका रुपमा हेरिएको छ।

हिन्दु राष्ट्रवाद, पाकिस्तान विरोधी छवी र फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमणपछि दाबी गरिएको 'सर्जिकल स्ट्राइक' ले मोदी लहरलाई यसपटक पनि कायम राख्ने अनुमान गरिएको छ। तर, विपक्षीहरुले भने नोटबन्दी, कालो धन फिर्ता ल्याउने वाचा, किसान आन्दोलन, राफेल काण्ड, सर्जिकल स्ट्राइक भनेर गरेको प्रोपागान्डा, र मोदीको अलोकप्रिय छविका कारण यसपटक मोदी सरकार नबन्ने दाबी गरेका छन्। तर एक्जिट पोलहरु भने झै मोदीकै पक्षमा नतिजा आए विपक्षीहरुले तानाशाह प्रवृत्तिको पुनरावृत्ती हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell