PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतको लोकसभा निर्वाचनमा मोदी मोहनी : वराणसीमा उनकै अग्रता 



भारतको लोकसभा निर्वाचनमा मोदी मोहनी : वराणसीमा उनकै अग्रता 
फोटो: PTI

भारतमा अहिले लोकसभा निर्वाचनको मत गणना हुँदैछ। प्रारम्भिक मत गणनामा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ।
 
वराणसीबाट लोकसभा निर्वाचनबाट प्रतिस्पर्धा गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रारम्भिक चरणमा अगाडि देखिका छन्।
 
उक्त निर्वाचन क्षेत्रबाट मोदीले जित्ने पक्का भएको विश्लेषण भारतीय मिडियाहरुले गर्दै आएका थिए। तर, मोदीले ल्याउने मतका आधारमा उनको लोकप्रियताको मूल्यांकन हुने अनुमान गरिएको थियो।
 
निर्वाचन आयोगका अनुसार नरेन्द्र मोदीले हालसम्म ३० हजार ५ सय ८९ मतका साथ अगाडि रहेका छन्। उनीविरुद्ध चुनावी मैदानमा लडिरहेकी समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धन उम्मेदवारले १५ हजार ८ सय ९५ मत प्राप्त गरेकी छिन्। 

यस्तै भारतीय कांग्रेसबाट वराणसीबाट मोदीविरुद्ध खडा भएका अजय रायले करिब ७ हजार ७ सय ७९ मत प्राप्त गरेका छन्।
 
मोदी जित्ने भन्दै वराणसीमा भाजपा कार्यकर्ताहरुले विजय र्‍याली निकाल्न शुरु गरिससकेको बताइएको छ।
 
२०१४ मा भएको निर्वाचनमा मोदीले वराणसीबाट पाँच लाख ८२ हजार मत प्राप्त गर्दै अरविन्द्र केजरिवाललाई ३ लाख मत अन्तरले पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell