PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सानीभेरीमा ट्र्याक्टर खस्दा एक जनाको मृत्यु, दुई घाइते



सानीभेरीमा ट्र्याक्टर खस्दा एक जनाको मृत्यु, दुई घाइते

रुकुमपूर्व: सानीभेरी नदीमा ट्र्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। 

पुथा उत्तरगङ्गा गाउँपालिकाको देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्र्याक्टर भुमे गाउँपालिका–५ को बालुवामा आज दुर्घटना हुँदा सिस्ने गाउँपालिका–४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ। 

ट्र्याक्टर सडकबाट अन्दाजी १०० मिटर तल सानीभेरी नदीमा खसेको बताइएको छ। दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका–५ रुकुम (पश्चिम) का १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन्। 

घाइतेको अवस्था चिन्ताजनक रहेको र स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) पठाएको  प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। ट्र्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell