PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतमा फेरि 'मोदी सरकार' ! जितसँगै हट्यो ट्वीटरबाट 'चौकीदार'



भारतमा फेरि 'मोदी सरकार' ! जितसँगै हट्यो ट्वीटरबाट 'चौकीदार'
फोटो: ANI

नयाँ दिल्ली: भारतमा दोस्रोपटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने पक्का भएको छ।

लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा मोदीको पार्टी भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याउने देखिएको छ। यस्तै भाजपाको नेतृत्वमा रहेको नेश्नल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धनले ३४० भन्दा बढी सिटमा जित्ने देखिएको छ।

कांग्रेसको नेतृत्वमा रहेको युनाइटेड पोग्रेसिभ एलायन्स (युपीए) ले भने अपेक्षा गरिएको अनुसार परिणाम प्राप्त नगर्ने देखिएको छ। युपीएले हालसम्म ८५ सिट मा जित्ने मतगणनाले देखाएको छ। कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठीबाट पराजित भएपछि भने युपिएलाई धक्का लागेको छ। 

दैनिक भास्करका अनुसार एनडीएले हालसम्म ११९ सिटमा विजयी हासिल गरेको छ भने २३० स्थानमा अग्रता कायम गरेको छ। युपीएले भने ३४ सिटमा जित हासिल गर्दा ५२ सिटमा अगाडी रहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वराणसी लोकसभाबाट दोस्रो पटक निर्वाचित हुँदै फेरि प्रधानमन्त्री बन्ने पक्का भएको हो। जितपछि उनले वराणसीका जनतालाई धन्यवाद दिँदै भारत निर्माणमा अग्रसर हुने उल्लेख गरेका छन्।

 'म पनि चौकिदार' भन्ने नाराका साथ चुनावी मैदानमा खडा भएका मोदीले जित पछि भने आफ्नो ट्वीटरबाट 'चौकीदार' शब्द हटाएका छन्।  कांग्रेसले भने 'चौकीदार चोर है' भनेर मोदी विरुद्ध चुनावमा होमिएको थियो। तर, अन्त्यमा चौकीदारले नै पुन: एकपटक भारतको सत्ता सम्हाल्ने भएका छन्। चौकीदार शब्द हटाउँदै मोदीले यो शब्द आफ्नो निकै नजिक रहेको उल्लेख गरेका छन्। 

 

सम्बन्धित समाचार:  नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक जुहारीः मोदीले ल्याए 'म पनि चौकीदार' अभियान

जितपछि प्रतिक्रिया दिँदै मोदीले यस लोकसभा निर्वाचनमा भारतको जित भएको भन्दै जनताले कृष्णको रुपमा मत दिएर आफ्ना विरोधीहरुलाई जबाब दिएको बताए।

निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा मोदी र भाजपा अध्यक्ष अमित शाहले भाजपा मुख्यालयमा विजय र्‍यालीलाई सम्बोधन गरेका छन्। शाहले विगग ५ वर्षमा मोदी सरकारले 'सबका साथ सबका विकास' नारालाई प्राथमिक्ता दिएको भन्दै आगामि दिनहरुमा पनि सबैलाई सँगै लिएर अघि बढ्ने बताए।

लोकसभा निर्वाचन मोदीमय भएसँगै भारतभरका भाजपा कार्यालयहरुमा खुशीयाली मनाइँदैछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell