PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पारिवारिक विरासत गुमाएका राहुलले पार्टी अध्यक्षबाट देलान राजीनामा? 



पारिवारिक विरासत गुमाएका राहुलले पार्टी अध्यक्षबाट देलान राजीनामा? 
फोटो: AFP/Getty Images

राहुल गान्धीलाई भारतीय कांग्रेसको अध्यक्ष नियुक्त गरेपछि धेरैले उनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए। सोनिया गान्धीको नेतृत्वमा २०१४ मा ४४ सिटमा सीमित हुन पुगेको कांग्रेसले २०१९ मा राम्रै परिणाम ल्याउने कांग्रेस नेताहरुले दाबी गर्दै आएका थिए।

मोदीले गान्धी परिवारलाई भारत पछाडि पर्नु कारणको जिम्मेवार बताउँदै राहुललाई 'पप्पु' का सम्बोधन गर्थे। आमसभाहरुमा होस या संसदमा सम्बोधन गर्दा मोदीले राहुललाई पप्पु भन्थे।

राहुलले मोदीले आफूलाई 'पप्पु' भन्ने गरेकोमा आपत्ति कहिल्यै जनाएनन्। उल्टै उनले यसपटकको निर्वाचनमा पुप्पुले निर्वाचन जित्ने दाबी गरेका थिए।

तर, राहुल गान्धीले विरासतका रुपमा पाएको अमेठी लोकसभा सिटबाट पराजित भए। उनलाई मोदी क्याबिनेटमा मन्त्री रहेकी पूर्व अभिनेत्री स्मृति इरानीले पराजित गरिन्। इरानी 'क्युकी सास भी कभी बहु थी' सिरियलमा तुलसीको भूमिकामा अभिनय गर्थिन्। २०१४ कझ निर्वाचनमा राहुलविरुद्ध अमेठीबाट लडेकी उनी पराजित भएकी थिइन्। बंश राजनीति अन्त्य गर्नुपर्छ भन्दै आएकी इरानीले राहुललाई पराजित गर्दा यसलाई इरानीको हालसम्मको ठूलै सफलताका रुपमा विश्लेषण गरिएको छ।

राहुलले अमेठीको सिटमात्र गुमाएनन् देशभर लोकसभा निर्वाचनमा विजय भएर प्रधानमन्त्री बन्ने अवसर समेत गुमाए। तर २०१४ को भन्दा केही बढी सिट ल्याउन भने सफल रह्यो कांग्रस। हालसम्म प्राप्त नतिजा अनुसार राहुल गान्धीको भारतीय कांग्रेस नेतृत्वको गठबन्धनले मात्र ९६ सिट जितेको छ। २०१४ मा भएको निर्वाचनमा भने गठबन्धनले मात्र ६४ सिटमा जित हासिल गरेको थियो।

राहुललाई जिताउन भेर यसपटक प्रियंका गान्धीलाई राजनीतिमा डेब्यु समेत गराइयो। मिडियादेखि राजनीतिक विश्लेषकहरुले 'प्रियंका फ्याक्टर'ले राहुललाई सहयोग हुने बताएका थिए। आफ्नो पारिवारिक विरासत जोगाउन प्रियंकाले राहुल र आफ्नी आमा सोनिया गान्धीका लागि लोकसभा निर्वाचनमा कयौं रोड शो गरे। तर, राहुल वराणसीबाट पराजित भए। इरानीले करिब ४ लाख ८४ हजार मत ल्याउँदा राहुलले ४ लाख १३ हजार मत ल्याए।   

नेहरु – गान्धी परिवारको राजनितिक गढ मानिएको अमेठीबाट मात्र नभइ राहुलले यसपटक दुई स्थानबाट निर्वाचन लडे। उनले 'सेफसाइड' का रुपमा वायान्द लोकसभा क्षेत्रमा समेत प्रतिस्पर्धा गरे। त्यहाँबाट उनी विजयी हुँदै सांसद भने बनेका छन्। कांग्रेसले केरलबाट यसपटक लोकसभामा राम्रै परिणाम ल्याउन सफल रह्यो।

वयान्दबाट समेत लड्ने घोषणा गरेका राहुललाई इरानीले  अमेठीको अपमान गरेको आरोप लगाएकी थिइन्। तर, पनि राहुलले आफू दुवै स्थानबाट निर्वाचन जित्ने बताएका थिए।

भाजपा त्यागेर कांग्रेस प्रवेश गरेका पंजाबका मन्त्री नवजोत सिंह सिद्धुले त राहुल गान्धी अमेठीबाट पराजित भए राजनीति नै त्याग्ने घोषणा गरेका थिए। अब राहुल गान्धीको पराजयसँगै नवजोतले के गर्लान भन्ने विषयमा सामाजिक संजालमा चर्चा चलेको छ।

यता अमेठीबाट पराजित भएपछि राहुल गान्धीले जनता मालिक रहेको भन्दै नरेन्द्र मोदी र स्मृति इरानीलाई शुभकामना दिएका छन्।  पत्रकार सम्मेलन गर्दै जनताले व्यक्त गरेको अभिमतको कदर गर्दै आगामी दिनमा थप सशक्त भएर आउने उनले बताए। अमेठीबाट हारेको स्वीकार्दै राहुलले स्मृतिले अमेठीको राम्ररी ध्यान राख्नेमा विश्वास व्यक्त गरे।

चुनावी प्रचारप्रसारका क्रममा मोदीविरुद्ध निकै आक्रमक देखेका राहुलले यसपटक कांग्रेसलाई बचाउने राजनीतिक पण्डितहरुको विश्लेषण थियो। सेनाका लागि खरिद गरिन लागेको राफेल विमानको विषयमा राहुलले मोदीलाई  बहस गर्न सार्वजनिक चुनौती दिए। भारतमा भएको पुलवामा आक्रमणपछि पाकिस्तानमा भएको भनिएको सर्जिकल स्ट्राइकलाई प्रोपागन्डा भने, हिन्दुत्व र राष्ट्रियताका नाराले भारतलाई पछाडि पार्ने अभिव्यक्ति दिए। तर, यनका सबै अस्त्र यसपटक फेल खाए।

अमेठीबाट राहुलको र देशभरबाट कांग्रेसको पराजयपछि भने राहुलले भारतीय कांग्रेसको अध्यक्षबाट राजीनामा दिन सक्ने रिपोर्टहरुसमेत सार्वजनिक भएका छन्। तर, राहुलले भने आफूले सबै जिम्मेवारी लिने तर राजीनामाको विषय भने आफ्नो र पार्टीकोबीचको कुरा रहेको बताएका छन्।

संसदमा आँखा झिम्काउँदै नरेन्द्र मोदीलाई अंकमाल गर्न पुगेका राहुलले अब घृणाको उत्तर मायाबाट दिने बताएका छन्। फेरि एकपटक विपक्षमा पुगेका राहुलले पाँच वर्षमा के कांग्रेस विरुद्ध फैलिएको जनसागरलाई कम गर्दै फेरि सत्तामा पुर्‍याउन सक्लान वा राजीनामा दिएर पार्टीका लागि नयाँ मार्ग प्रशस्त गर्लान्। यस विषयले भारतीय राजनीतिको भविष्यमा ठूलै प्रभाव पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell