PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पवन चाम्लिङको पार्टीलाई पछि पार्दै सिक्किममा प्रेमसिंह तामाङको एसकेएमले ल्यायो बहुमत



पवन चाम्लिङको पार्टीलाई पछि पार्दै सिक्किममा प्रेमसिंह तामाङको एसकेएमले ल्यायो बहुमत

काठमाडौं: भारतको लोकसभाको निर्वाचनको परिणाम अन्तिम चरणमा पुगिसकेको छ। विधानसभामा ३२ सिट रहेको सिक्किममा लामो समयदेखि नेतृत्व गर्दै आएको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)लाई पछि पार्दै प्रेमसिंह तामाङको दलले बहुमत ल्याएको छ।

२०१३ मा स्थापना भएको  एसकेएमले १७ सिट जित्दै बहुमत ल्याएको हो। २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री रहेको चाम्लिङको दलले १५ सिट जितेको छ। पूर्वमन्त्रीसमेत रहेका तामाङले २००९ बाट मुख्यमन्त्री चाम्लिङको आलोचना गर्दै आएका थिए। २०१४ को निर्वाचनमा १० सिट जितेर दोस्रो ठुलो दल बनेको एसकेएमले यसपटकको विधानसभा निर्वाचनमा बहुमत हासिल गरेको हो।

अहिलेको निर्वाचनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपासँग गठबन्धन गर्ने भनिएपनि पछि एक्लै लड्यो। एसकेएमले लोकसभाको एक मात्र सिट पनि जितेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell