PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते



बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

लहान: सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०:२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन्। घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell