PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्रेक्जिट विवाद टुंग्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा रुँदै राजीनामा घोषणा



ब्रेक्जिट विवाद टुंग्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा रुँदै राजीनामा घोषणा
फोटो:बीबीसी

लन्डन: बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिने घोषणा गरेकी छिन्।

युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा उनले सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो।

डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गरेकी मेले बेलायती राजनीतिमा धेरै खराबी भएको भन्दै देशमा धेरै राम्रो कुरा रहेकोमा भने आफूलाई गौरव महसुस भएको बताइन्।

राजीनामा घोषणासँगै जुन ७ मा मे प्रधानमन्त्री पदबाट हट्ने बताइएको छ।

रुँदै राजीनामा दिएकी मेले ब्रेक्जिटलाई टुंग्याउन आफू असफल रहेकोमा भने दु: व्यक्त गरेकी छिन्। उनले प्रधानमन्त्री हुनु आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पल रहेको समेत बताइन्। 

ब्रेक्जिटका सम्बन्धमा बेलायती संसद हाउस अफ कमन्समा मेले प्रस्तुत गरेका विकल्पहरु तीनपटक अस्वीकृत भएको थियो। पटकपटक भएको मतदान र संवादबाट कुनै पनि विकल्पमा सहमति हुन सकेको थिएन। उनकै पार्टीका नेताहरुले उनी विरुद्ध मतदान गरेका थिए।

तेस्रो मतदानमा प्रस्ताव अस्वीकृत भएपछि मेले आफ्नै पार्टी कन्जर्भेटिभले साथ दिए आफूले सत्ता त्याग्ने बताएकी थिइन्। तर कन्जर्भेटिभहरुले भने मेले नसके आम निर्वाचन घोषण गर्न माग गरेका थिए।

बेलायतलाई युरोपियन युनियनबाट कुनै सम्झौता गरेर वा नगरी छुट्टिने निर्णय गर्न अप्रिल १२ सम्मको समय थियो। तर मेले प्रस्तुत गरेको कुनै पनि विक्लपमा संसद तयार नहुँदा त्यो समय केही दिनलाई बढाइएको थियो।

मेको राजीनामासँगै अब कन्जर्भेटिभ पार्टी नयाँ नेताको खोजीमा रहेको छ। तर नयाँ आउने प्रधानमन्त्रीलाई पनि ब्रेक्जिटबारे फैसला गर्न भने कठिन नै हुनेछ।

थेरेसा मेपछि भने प्रधानमन्त्रीका रुपमा एन्ड्रिया लडेसम, बोरिस जोनसन, माइकल गोव लगायतका नेताको दाबेदारी रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell