PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रातो मछिन्द्रनाथको रथलाई जेठ २३ गते जावलाखेल पुर्‍याइने, २६ गते भोटो जात्रा



रातो मछिन्द्रनाथको रथलाई जेठ २३ गते जावलाखेल पुर्‍याइने, २६ गते भोटो जात्रा

ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई जेठ २३ गते लगनखेलको इति टोलबाट तानेर जावलाखेल पुर्‍याइने भएको छ।

बिहिबार ललितपुरको मंगलबजारमा रहेको ऐतिहासिक सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषीहरुले रथ तान्ने दिनको साइट निकालेका हुन्। सो सोह्रखुट्टे पाटी रथ तान्ने साइट हेर्नकै लागि निर्माण गरिएको स्थानीयहरु बताउँछन्। 

त्यही दिन रथलाई जावलाखेल पुर्‍याएर विधिपूर्वक रथ रात्रा सकिएमा जेठ २६ गते भोटो जात्रा हुनेछ।

भोटो जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने परम्परा रहेको छ। भोटो जात्रा अवलोकन गर्न जावलाखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत  संवैधानिक निकायका प्रमुखहरु र सरकारी अधिकारीहरु सहभागी हुनेछन्।

भोटो देखाइ सकेपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती लगेपछि उपत्यकाकै सबैभन्दा लामो जात्राको समापन हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell