PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतको सूरत शहरमा आगलागी,१५ विद्यार्थी सहित १९ जनाको मृत्यु



भारतको सूरत शहरमा आगलागी,१५ विद्यार्थी सहित  १९ जनाको मृत्यु
फोटो: THE HINDU BL

सूरत: भारत गुजरातको व्यस्त शहर सूरतमा रहेको तक्षशिला कम्पलेक्समा शुक्रवार आगलागी हुँदा १५ विद्यार्थी सहित १९ जनाको मृत्यु भएको छ।

 चार तल्ले भवनको दोस्रो तल्लाबाट आगो फैलिएको बताइएको छ। आगलागी हुँदा सो तल्लामा डिजाइनिङको कोचिङ कक्षा संचालन भइरहेको थियो।   

आगलागीपछि विद्यार्थीहरुले तेस्रो र चौथो तल्लाबाट हाम फालेर ज्यान बचाउने प्रयास गरेका थिए। तर, ज्यान बचाउन हाम फालेका मध्ये ४ विद्यार्थीको मृत्यु भएको भास्करले जनाएको छ।

बिजुलीका तारहरुमा खराबीका कारण आगलागी भएको प्रहरीले अनुमान गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सूरतमा भएको आगलागी प्रति दु:ख जनाउँदै मृतकका परिवारहरुमा समवेदना व्यक्त गरेका छन्। यस्तै गुजरातका मुख्य मन्त्री विजय रुपाणीले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। रुपाणीले दुर्घटनाको अनुसन्धान गरि २४ घण्टा भित्र रिपोर्ट पेश गर्न निर्देशन समेत दिएका छन्।

घाइतेहरुको हाल गुजरातका अस्पतालहरुमा उपचार भइरहेको छ। आवश्यक परे थप उपचारका लागि उनीहरुलाई नयाँ दिल्ली रिफर गर्न सकिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell