PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थेरेसा मेको राजीनामासँगै बेलायतमा नयाँ नेताको खोजी, प्रधानमन्त्री बन्न एक दर्जन नेता आकांक्षी



थेरेसा मेको राजीनामासँगै बेलायतमा नयाँ नेताको खोजी, प्रधानमन्त्री बन्न एक दर्जन नेता आकांक्षी
फोटो: Reuters/Al Jazeera

लन्डन: युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा प्रस्ततु गरेको विक्लपहरुमा सहमति जुटन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले शुक्रवार राजीनामा दिइन्। उनको राजीनामा घोषणा सँगै बेलायतमा नयाँ प्रधानमन्त्री बन्न धेरै आकांक्षी देखिएका छन्।

अलजजिराले प्रधानमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्ने एक दर्जनभन्दा बढी कन्जर्भेटिभ नेताले तयारी गरिरहेको जनाएको छ।

मेले अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो। शुक्रवार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा रुँदै राजीनामा घोषणा गरेकी मे जुन ७ सम्म 'केयरटेकर' प्रधानमन्त्री का रुपमा रहनेछिन्।

त्यसपछि नयाँ प्रधानमन्त्री चयनका लागि भने पार्टी भित्र अहिले देखि नै नेताहरु छलफलमा जुटिरहेका छन्।

मे क्याबिनेटमा मन्त्री रहेका बोरिस जोनसन प्रधानमन्त्री बन्ने रेसमा अगाडी रहेको बताइन्छ। उनी ब्रेक्जिटका समर्थक पनि हुन्। जोनसनका आलोचक मानिने माइकल गोभे पनि प्रधानमन्त्री बन्ने होडमा रहेको बताइएको छ।

मेका प्रस्तावहरु सदनमा विफल बनाउन मुख्य भूमिका खेलेका डोमिनिक राब समेत प्रधानमन्त्री पदका लागि आफ्नो दाबी रहेको प्रस्तुत गर्ने तयारीमा रहेको बताइन्छ।

हाउस अफ कमन्सकी पूर्व नेता अन्ड्रिए लिडसम, पूर्व स्वास्थ्य मन्त्री जेरेमी हन्ट, मे क्याबिनेटमा गृह मन्त्री रहेका साजिद जाविद, बेलायतकी पहिलो रक्षा मन्त्री पेनी मोर्डउन्ट समेत प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिएका छन्।

यस्तै, इस्टर मिक्भेए, अमबर रुड, टोबियस एलउड लगायतका नेताहरुले पनि दाबेदारीका लागि तयारी गरिरहेको बुझिएको छ।

जुन ७ पछि यी मध्य जो प्रधानमन्त्री भएपनि उनका लागि दिनहरु कठिन हुनेछ।

मेले ब्रेक्जिटका सम्बन्धमा बेलायती संसदमा प्रस्तुत गरेका विकल्पहरु तीनपटक अस्वीकृत भएको थियो। पटकपटक भएको मतदान र संवादबाट कुनै पनि विकल्पमा सहमति हुन सकेको थिएन। उनकै पार्टीका नेताहरुले उनी विरुद्ध मतदान गरेका थिए।

कुनै विकल्पहरुमा सहमति हुन नसक्दा र आफ्नै पार्टीबाट असहयोग हुँदा सत्ता त्याग्ने निर्णय गरेकी मेको उत्ताराधिकारीले थप चुनौती सामाना गर्नुपर्ने विश्लेषण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell