PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि, बार्सिलोना २-१ ले पराजित



भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि, बार्सिलोना २-१ ले पराजित

बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कप कोपा डेल रेको उपाधि जितको छ।

शनिवार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै भ्यालेनसियाले उपाधी जितेको हो।

भ्यालेनसियाका केभिन गेमिरोले २१ र रोडिरागोले  ३३ मिनेटमा एक-एक गोल गरेका थिए। बार्सिलोनाका लागि कप्तान मेसीले ७३ मिनेट मा गोल गरे। तर अर्को गोल गर्न नसकेपछि बार्सिलोनाको लगातार पाँच पटक कोपा डेल रेको उपाधि जित्ने  इच्छा भने सफल हुन सकेन।

भ्यालेनसियाले पछिल्लोपटक २००८ मा कोपा डेल रेको उपाधि जितेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell