PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुकेधारामा विस्फोट, '६ जना घाइते'

सुकेधारामा विस्फोट, '६ जना घाइते'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन्। सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

'हाम्रो टोली घटनास्थलमा पुग्दै छ। अहिलेसम्म ६ जना घाइते भएको जानकारीमा आएको छ,' डिएसपी बोगटीले भने।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell