PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'



सविन ढकाल

अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'

काठमाडौं: घट्टेकुलोमा भएको विस्फोटनमा परी घाइते एक जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता भएको प्रहरीले आशंका गरेको छ। वीर अस्पतालमा उपचार भइरहेका रवीन केसी त्रिचन्द्र कलेजका विद्यार्थी नेता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

'उनी विप्लव निकट विद्यार्थी नेता भएको सुनिएको छ। तर पुष्टि भने भइसकेको छैन,' महानगरीय कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने।

आइतबार सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। सुकेधारामा दुई जना र घट्टेकुलोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सुकेधारामा विस्फोटमा घाइते मध्ये हरि खड्का र सुरेन्द्र महर्जन दुई जनाको पहिचान खुलेको छ।  

घाइते केसीलाई उपचारको लागि वीर अस्पतालमा लैजाने क्रममा आफु साथीको घरमा गएको त्यसै बेला विस्फोट भएको बताएको प्रहरी अधिकृतले बताए। 'हाम्रो केटाहरुसँग साथीको घरमा गएको बेला ड्याम्म पड्क्यो भनेका रहेछन्। घाइतेलाई धेरै सोध्ने कुरा भएन,' एक प्रहरी अधिकृतले भने।

सम्बन्धित समाचार

काठमाडौंमा विस्फोट: सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु

फोटोमा सुकेधारा विस्फोटस्थल

घट्टेकुलोमा पनि विस्फोट, दुई जना घाइते

सुकेधारामा विस्फोट, '६ जना घाइते'

घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

'सुकेधारा र अनामनगर विस्फोट' दुर्घटना होइन, नियोजित : प्रहरी

अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'

घाइतेलाई अस्पताल लैजाँदै प्रहरी, पाँच फोटोमा हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell