PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चुरोट, खैनी र गुट्खाको भाउ बढ्ने : चुरोटमा प्रति खिल्ली २५ पैसा बढ्ने



पहिलोपोस्ट

चुरोट, खैनी र गुट्खाको भाउ बढ्ने : चुरोटमा प्रति खिल्ली २५ पैसा बढ्ने

काठमाडौं : सरकारले धुम्रपान तथा मद्यपानमा लाग्ने अन्त:शुल्कमा वृद्धि गरेको छ। कर बढेसँगै चुरोट, खैनी, गुट्खाजस्ता सामाग्रीको भाउ बढ्ने भएको छ। कर बढेसँगै चुरोटमा प्रतिखिल्ली २५ पैसा मूल्य बढेको भएको छ।

त्यसैगरी सुर्ती, खैनी, गुट्खाजस्ता सामाग्रीमा प्रतिकिलो २५ रुपैयाँ भाउ बढेको भएको छ। संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै धुम्रपान तथा मद्यपानमा सामान्य कर वृद्धि गरेको बताएका थिए।

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै खतिवडाले सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण निषेध गरिएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell