PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२०१४ मा अमरावती नदी किनार, २०१९ मा सि जिनपिङलाई बनारसमा स्वागत गर्न चाहन्छन् मोदी



विधुर ढकाल

२०१४ मा अमरावती नदी किनार, २०१९ मा सि जिनपिङलाई बनारसमा स्वागत गर्न चाहन्छन् मोदी
Photo: DH News Service

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई आफ्नो निर्वाचन क्षेत्रमा स्वागत गर्ने तयारी गरेका छन्।

एक वर्ष अगाडि चिनियाँ राष्ट्रपतिसँग चीनको बुहानमा अनौपचारिक सम्मेलन गरेका मोदीले यसपटक त्यस्तै सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सिलाई निम्तो पठाएका हुन्। इन्डियन एक्सप्रेसले सम्मेलन अक्टोबर ११ मा बनारसमा हुने जनाएको छ।

राष्ट्रपति सिले ३० वर्ष अगाडि चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता लिएको क्षेत्रमा मोदीलाई स्वागत गरे जस्तै मोदीले पनि सिलाई आफ्नो निर्वाचन क्षेत्रमा स्वागत गर्ने तयारी गरेका हुन्।

भारतीय पक्षको प्रस्ताव माथि चिनियाँ पक्षले अध्ययन गरिरहेको बताइएको छ। गत वर्ष अप्रिल २७–२८ मा दुई नेताहरुबीच वुहानको लेकसाइड गेस्ट हाउसमा १० घण्टा अन्तरंग वार्ता भएको थियो।

सन् २०१४ सेप्टेम्बरमा मा सिलाई आफ्नो गृहराज्य गुजरातको अहमदावादमा स्वागत गरेका थिए। त्यस्को अर्को वर्ष सीले मोदीलाई आफ्नो गृहप्रान्त सान्सी प्रान्तको राजधानी सियानमा स्वागत गरेका थिए।

भारतका तर्फबाट अक्टोवर ११ लाई प्रस्ताव गरिएको र चिनियाँ राष्ट्रपतिको सो समयमा उपलब्धतालाई हेर्न कुटनीतिक च्यानलबाट पत्राचार भइरहेको समाचारमा जनाइएको छ।

त्यसअघि दुई नेताबीच जुनमा हुने सांघाइ कोअपरेशनको बैठकका क्रममा किर्गिस्तानको बिस्केकमा र जि–२० समिटको क्रममा जापानमा भेट गर्ने कार्यक्रमको विषयमा दिल्ली र बेइजिङले छलफल गरिरहेका छन्।

सन् २०१७ मा दुई देशबीच दोक्लम विवाद भएको थियो। सो विवाद समाधान गर्नका लागि वुहान सम्मेलनले भूमिका खेलेको थियो।

पछिल्लो पटक चीनले भारतले भन्दै आएको जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई अन्तर्रा्ष्ट्रिय आतंकवादी घोषित गर्न राजी भएको छ।

दुई देशबीच पछिल्लो पटक सम्बन्धलाई सुधार गर्दै अगाडि बढिरहेका छन्। यस्तोमा २०१४ मा अमरावती नदी किनारमा स्वागत गरेका मोदीले यसपटक बनारसमा गंगा किनारमा स्वागत गर्ने तयारी गरिरहेका हुन्।

भारतको विदेश मन्त्रालयले पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विषयमा छलफल भइरहेको जनाएको छ।

‘बुहानको पहिलो अनौपचारिक समिटका क्रममा प्रधानमन्त्री मोदीका तर्फबाट सन् २०१९ मा अर्को सम्मेलनका लागि दिनुभएको निम्तो चिनियाँ राष्ट्रपति सीले स्वीकार गर्नुभएको थियो,’ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, 'दुवै पक्ष कुटनीतिक तबरबाट मिति र स्थान टुंग्याउनका लागि नजिकबाट छलफलमा जुटेका छौँ।’

यता भारतीय प्रधानमन्त्री मोदीले चीनसँगको सम्बन्धमा जानकार रहेका पूर्व विदेश सचिव एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिएका छन्।

चीनको विदेश मन्त्रालयमा ४१ वर्ष विभिन्न तहमा काम गरेका जयशंकरले भारतको इतिहासमा सबैभन्दा लामो समयसँग भारतका लागि चिनियाँ राजदूतको रुपमा काम गरेका छन्।

साढे चार वर्ष चीनका लागि राजदूत भएर काम गरेका उनले दुई देशबीचको व्यापार विवादलाई समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी पछिल्लो पटक तिब्बत पुग्ने भारतीय राजदूत पनि हुन्। उनी सन् २०१२ मा पछिल्लो १० वर्ष यता तिब्बत पुग्ने पहिलो भारतीय राजदूत हुन्।

उनले जम्मु कस्मिरको समस्या तथा अरुणाञ्चल प्रदेशमा चिनियाँ नागरिकलाई आफ्नो भूमिको मान्यता दिँदै भिसा दिन सफल भएका थिए। अरुणाञ्चल प्रदेशमा दुवै देशले आफ्नो दाबा पेश गरेका थिए। सन् २०१३ मा लद्दाकमा दुई देशबीच विवाद समाधान गर्न मुख्य भूमिका खेलेका थिए।

जयशंकर चीनसँगका गहिरो सम्बन्ध हुनुपर्छ भन्ने कुटनीतिज्ञ हुन्। उनले आफ्नो राजदूतको कार्यकालमा चीनका ३० वटा शहरमा भारतीय सांस्कृति सम्बन्धि कार्यक्रम गरेर दुई देशबीचको जनसम्बन्ध विस्तारमा समेत योगदान पुराएका थिए।

उनी मनमोहन सिंह नेतृत्वको सरकारमा पनि विदेश मन्त्रालयको लाइनमा थिए। तर, कांग्रेसभित्रको विवादका कारण मन्त्री बन्न पाएनन्। पछि उनी मोदी सरकारमा सन् २०१५ देखि २०१८ सम्म विदेश सचिवको रुपमा काम गरेका थिए।

उनी विदेशसचिव हुँदा नेपालमा भारतले अघोषित नाकाबन्दी लगाएको थियो। उनको विदेश मन्त्रीको रुपमा मोदी क्याविनेटमा प्रवेश पाउनुले भारत चीनसँगको सम्बन्धलाई थप सुधार गर्दै लैजान चाहेको संकेत गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell