PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पहिरनको कारण वर्षा राउत छाइन् 'ट्रोल'मा



पहिरनको कारण वर्षा राउत छाइन् 'ट्रोल'मा

काठमाडौं: नायिका वर्षा राउतको व्यस्तता बढेको छ। ‘जात्रै जात्रा’ ले नेपाली बक्स अफिसमा आक्रमक व्यापार गरेसँगै हाल ‘जात्रै जात्रा’ को टिम अस्ट्रेलियाको सिड्नी पुगेको छ।

शुक्रबार सिड्नीमा आयोजित फिल्म ‘जात्रै जात्रा’ को प्रिमियरमा नायिका वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, निर्देशक प्रदिप भट्टराई उपस्थित थिए।

उक्त कार्यक्रममा वर्षा राउतले लगाएको पहिरनले भने अहिले सामाजिक सञ्जालमा चर्चा बढेको छ। उनले सिड्नीमा आयोजित उक्त कार्यक्रममा छातीको आधा भाग देखिने कालो र सेतो रंगको लामो खुलेको गाउन लगाएकी थिइन्। तर उनको पहिरनलाई उनको फ्यानले त्यति रुचाएनन्।

अहिले वर्षाको यही पहिरन मिडियाको लागि हट टपिक बनेको छ। फिल्म जात्रै जात्राले देशविदेशमा चर्चा पाइरहँदा वर्षा राउतको खुलेको पहिरनले पनि चर्चा बटुलेको छ। साथै वर्षा आफ्नै पहिरनको कारण ट्रोलको शिकारसमेत भएकी छिन्। सामाजिक सञ्जालमा विवाहपश्चात खुलेकी वर्षा भन्दै उनका थुप्रै ट्रोलहरु बनिरहेका छन्।

वर्षाले आफ्नो ड्रेस डिजाइनरलाई क्रेडिट दिँदै उक्त तस्विर इन्स्टाग्राममा पोस्ट गरेकी छिन्। आफ्नो पहिरनलाई लिएर आलोचना र ट्रोलहरु बनिरहदा पनि वर्षाले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। वर्षाले गतवर्ष नायक संजोग कोइरालासँग विवाह गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell