PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'धेरै दिनपछि, तिमी याद आयौं...'  मोदी क्याबिनेटका यी मन्त्रीको नेपाल साइनो यस्तो



'धेरै दिनपछि, तिमी याद आयौं...'  मोदी क्याबिनेटका यी मन्त्रीको नेपाल साइनो यस्तो

  • मन्दिरा खत्री-

काठमाडौं: ‘धेरै दिनपछि तिमी याद आयौं.....’ २०५२ सालमा रिलिज भएको चलचित्र गोठालोको यो गीतमा नाचेका थिए श्रीकृष्ण श्रेष्ठ पनि। यो गीत गाउने गायक भने नेपाली थिएनन्।

यो गीत गाउने गायकको फेरि चर्चा एकाएक भएको छ। यो चर्चा नेपाल र नेपालीको कारणले भन्दा पनि भारतमा बनेको मोदी २.० सरकारका कारणले।

यो गीतका गायक बाबुल सुप्रियो यतिबेला मोदी क्याबिनेटमा राज्यमन्त्रीको भूमिकामा आफुलाई दोहोर्‍याउँदै छन्।

बिहिबार नयाँ दिल्लीमा मोदीले शपथ लिएसँगै बाबुलले पनि शपथ लिए। पूराना नेपाली चलचित्रहरुमा उनले स्वर दिएका  गीतहरु चर्चित छन्। ‘नेपाली बाबु’ मा समाबेस ‘यो साइनो मायाको छुटिदैन् कहिल्यै’, ‘मञ्जरी ए मञ्जरी’ रेखा थापाको फिल्म शासनको गीत ‘कहाँबाट आउँछ कहाँ जान्छ माया’, समर्पणको 'मलाई फुल्न देउ....' लगायतका हिट गीतहरु गाएका छन्।

भारतको पश्चिम बंगालका उनी बलिउडसँगै दक्षिण भारतीय फिल्ममा पनि प्लेब्याक सिंगरको रुपमा चर्चित छन्। सन् २००० मा रिलिज भएको हिन्दी चलचित्र कहोना प्यार हैको ‘दिल ने दिलको पुकारा’बाट उनी चर्चाको शिखरमा पुगे। बाबुलले ११ वटा भाषामा गीत गाइसकेका छन्।

प्लेब्याक सिंगर हुँदै २०१४ मा राजनीतिमा प्रवेश गरेका सुप्रियो २०१४ मै संसद हुँदै मोदी क्याबिनेटमा हिस्सा लिएका उनले मोदी २.० सरकारमा पनि आफूलाई उपस्थित गराएका छन्।

२०१४ मा पश्चिम बंगालमा ममता बनर्जीको तृणमुल कांग्रेसको गढ भत्काउँदै लोकसभामा निर्वाचित थिए। त्यसपछि उनी मोदी क्याबिनेटमा सदस्यको रुपमा काम गर्दै आएका छन्। उनले २०१६ सम्म मोदी क्याबिनेटको शहरी विकास आवास तथा शहरी गरिवी निवारण राज्यमन्त्रीको रुपमा काम गरेका थिए। पछि उनले उद्योग तथा सार्वजनिक व्यवसाय राज्यमन्त्रीको रुपमा काम गर्दै आएका थिए।

२०१४ मा पश्चिम बंगालमा दुई सिट जितेको भाजपाले २०१९ सम्म आइपुग्दा उनकै पहल र नेतृत्वमा भाजपाले १८ सिट जितेको छ।

बैंकर हुँदै संगीत, सांसद हुँदै मन्त्री

बाबुल सुप्रियो सानै देखि सांगीतक माहोलमै नै हुर्किएका थिए। भारतको उत्तरपारा, पश्चिम बंगालमा जन्मिएका बाबुल सुप्रियो आफ्नै हजुरबुवाको सांगीतिक मोहबाट निकै प्रभावित थिए। उनको हजुरबुवा बणिकण्ठ एन सी बराल बंगाली गायक तथा रचनाकार हुन्। उनले गीत गाउन हजुरबुवा बणिकण्ठबाट सिकेका थिए।

फिल्मी क्षेत्रमा प्रवेश गरेपछि बाबुलले आफ्नो रियल नाम सुप्रियो बराल चेन्ज गरेर बाबुल सुप्रियो राखे। कलेज लेभल सकिएपछि उनी स्टयान्डर्ड चार्टड बैंकमा केही समय काम गरे। उनले गायनलाई आफ्नो फुल टाइम करियर बनाएर अघि बढे।

सन् १९९२ मा उनी बलिउड करियर बनाउन मुम्बई गए। त्यसपछि उनलाई म्युजिक डिरेक्टर कल्याणजीले देशविदेश घुमेर लाइभ स्टेज सो हरुमा सहभागी हुने मौका दिए। बाबुल सन् १९९३ मा अभिनेता अभिताभ बच्चनको साथमा अमेरिका र क्यानाडा घुमे। त्यस्तै सन् १९९९ ताकामा बाबुल सुप्रियो भारतीय गायिका आशा भोषलेको साथमा अमेरिका घुमेर स्टेज कार्यक्रमहरु समेत गरेर स्टेज तताए।

बाबुल सुप्रियोले दिलका रिस्ता, दिल ने दिलको पुकारा, मेरी तरह तुम भी कभी, जीना सिर्फ मेरे लिए, कुछ तो हे लगायतका थुप्रै हिट गीतहरुमा आफ्नो स्वर दिएका छन्।

साथै बाबुलले नेपाली, बंगाली तथा हिन्दी फिल्मका गीतहरुमा मात्र नभएर थुप्रै हिन्दी टेलिसिरियलको गीतहरुसमेत गाएका छन्। उनले जी गोल्ड अवार्ड बेस्ट प्लेब्याक सिंगर कशौंटी जीन्दगी के, कलाकार अवार्ड बेस्ट प्लेब्याक सिंगर कशौंटी जीन्दगीके लगायतका थुप्रे अवार्डहरु जितेका छन्।

गीत संगीतमा कावा खेलिरहेका बाबुललाई राजनीतिमा ल्याउनका लागि योग गुरु रामदेवको हात रहेको एनडीटीभीको अनलाइन संस्करणमा उल्लेख छ।

बाबुल रामदेवलाई आदर्श मान्छन्। एक पटक जहाजमा सँगै यात्रा गरिरहेका भेटिए रामदेव। उनले नै भाजपामा प्रवेश गर्न र अटल विहारी वाजपयी र नरेन्द्र मोदीको साथमा काम गर्न आग्रह गर्दै भाजपाबाट टिकट दिलाए।

बाबुल सुप्रियोले सन् २०१४ मा राजनीतिक यात्रा सुरु गरेका थिए। २०१४ सालमा उनी भारतीय जनता पार्टीबाट राजनीतिमा स्थान पाए। बाबुलले पश्चिम बंगालमा ममता बनर्जीको तृणमुल कांग्रेसको गढ भत्काउँदै लोकसभामा निर्वाचित भएका थिए। २०१४ नेभेम्बर ९ देखि मोदी क्याबिनेटको शहरी विकास आवास तथा शहरी गरिबी निवारण राज्य मन्त्रीको रुपमा काम गर्दै आएका सुप्रियोले २०१६ जुलाई १६ सम्म यही क्षेत्रमा काम गरे।

त्यसपछि उनले उद्योग तथा सार्वजनिक व्यवसाय राव्यमन्त्रीको रुपमा काम गर्दै आएका थिए। अघिल्लो पटक मन्त्री भएका उनी यो पटक पनि मोदीकै मन्त्री बनेका छन्। भारतीय जनता पार्टीबाट चुनावमा उठेका बाबुल सुप्रियोले मुनमुन शेनलाई ६.३२ लाख भोट ल्याएर विजयी भए। दोस्रो पटक सांसदमा जित हासिल गर्दै यो पटक बाबुल सुप्रियो मोदी सरकारको वातावरण राज्यमन्त्री बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell