PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जेठमा भूकम्प आउँछ भनी भविष्यवाणी गर्ने एक जना पक्राउ



जेठमा भूकम्प आउँछ भनी भविष्यवाणी गर्ने एक जना पक्राउ

काठमाडौं: जेठमा भूकम्प आाउने भविष्यवाणी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। आफुलाई भविष्यबाणीको ज्ञान भएको भन्दै क्षेत्रीले विभिन्न युट्युब च्यानलमा जेठ महिनामा भूकम्प जाने बताउँदै आएका थिए। 

‘उनले मानिसमा विनाशकारी भूकम्प जान्छ भन्दै अफवा फैलिएको भएकाले नियन्त्रणमा लिएका हौं,' डिएसपी बोगटीले भने। उनले जेठ १७ गतेदेखि २८ गतेसम्म भुकम्प जाने /र खतरा रहेको ठोकुवा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell