PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लाखौँ रुपैयाँ लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा



लाखौँ रुपैयाँ लिएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई नियन्त्रणमा लिएको छ।
 
नक्कली चालक खडा गरेर केस मिलाउन लाखौँ रकम लिएको अभियोगमा मङ्गलवार इलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई अख्तियारले नियन्त्रण लिएको हो।

निरीक्षक जिसीले गत वैशाख ११ गते बोधराज पाण्डेयले चलाएको जिपले ठक्कर दिएर मोटरसाइकलको पछाडि बसेको एक महिलाको मृत्यु भएको थियो। महिलाको मृत्यु भएपछि पाण्डेयले १० लाख रुपैयाँ दिएर नक्कली चालक खडा गर्न अनुरोध गरेका थिए।

प्रहरी निरीक्षक जिसीले पैसाको लोभमा पाण्डेको ठाउँमा महतो थरका एक व्यक्तिलाई नक्कली चालक बनाएर उम्काएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने अनुसन्धानको क्रममा रहेको घटना भन्दै यसबारे खुलाउन चाहेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell