PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेयर सकिललाई इदको सलामको बदला मुक्का, 'लाइटैलाइटले मुखमा हाने, धन्न भगवानले बचायो’    



मेयर सकिललाई इदको सलामको बदला मुक्का, 'लाइटैलाइटले मुखमा हाने, धन्न भगवानले बचायो’    

काठमाडौं: मंगलबार राति रौतहटको राजपुर नगरपालिका मेयर शेख साकिल अख्तर कुटिए।

इद पर्वको शुभकामना दिने करिब साढे १० बजेतिर महम्मुदिया मस्जिद पुगेका मेयर सकिल माथि कुटपिट भएको हो।

मेयर सकिलले आफूलाई ज्यान मार्नेसम्मको प्रयास भएको दाबी गरे। पहिलोपोस्टसँग उनले भने, ‘मलाई एक्कासि ११/१२ जनाको समूहले आएर लाइटैलाइटले मुखमा भकाभक हान्यो। मार्न नै खोजेको थियो।‘

राति इदको शुभकामना दिएर मस्जिदमा फर्किएर गाडीमा चढ्न लाग्दा उनीमाथि आक्रमण भएको थियो। ‘गाडीमा चढ्न लागेको थिए। एक्कासि समूह नै मानिस आए। मैले त मुस्लिम दाजुभाइ होला भनेर सलाम गरे। तर म माथि लाइटै लाइटले हान्यो।‘

केही समाचार माध्यममा चन्दा कम दिएकाले कुटिएको भन्ने समाचार आएकोमा मेयर सालिकले गुनासो गरे। ‘चन्दाको विषय केही पनि होइन। मलाई किन कुटियो केही थाहा भएन। बोल्दै नबोली भकाभक कुट्न थाले,‘ मेयर सकिलले भने।

मेयर सलिकलाई कुट्ने समूह भने अपरिचित भने होइन। उनै गाउँका एक परिवारले कुटपिट गरेको मेयर सकिल दाबी गर्छन्। पहिलोपोस्टसँग उनले भने, ’सबै चिनेका दाजुभाइ नै हुन्। एउटै परिवारका व्यक्तिले कुटेका हुन्।‘ नजिकैको छिमेकी भए पनि कुनै रिसिइबी नभएको उनको दाबी छ।

शेख कासिको परिवारले आक्रमण गरेको उनले बताए। लाइट प्रहारबाट मेयरको अनुहारमा चोट लागेको छ। 'बचाऊँ बचाऊँ' भनेर चिच्याएपछि मस्जिदमा रहका अरूले उद्धार गरेका थिए। ‘मलाई तत्काल अस्पताल लगियो। सिडिओ आएर के भयो भनेर सोध्दा बोल्नै सकिनँ। भगवानले बचायो मलाई,' मेयर सकिलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell