PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

करण केसीलाई आउट गर्न पारस खड्काको शानदार क्याच, हेर्नुस् ५ फोटोमा

करण केसीलाई आउट गर्न पारस खड्काको शानदार क्याच, हेर्नुस् ५ फोटोमा

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मीले प्रदेश नम्बर ३ लाई ११७ रनले हरायो। सेमिफाइनल पुग्ने चारमध्ये एक्लो प्रेदश टिम बनेको प्रदेश नम्बर ३ सेमिफाइनलबाट अगाडि बढ्न सकेन।

आर्मीले दिएको ३१० रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले पूरै ५० ओभर खेलेपनि ९ विकेट गुमाएर १९२ रन बनायो।

खेलमा आर्मी कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ४२ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए। प्रदेश ३ का इशान पाण्डेले ७९ रन बनाए। खेलमा केही उत्कृष्ट क्याचहरु पनि भए।

जसमा प्रदेश नम्बर ३ का कप्तान पारस खड्काले पनि उत्कृष्ट क्याच लिएका थिए। पारसले आर्मीका करण केसीलाई ४५औँ ओभरको पहिलो बलमा शानदार क्याच गर्दै आउट गराएका हुन्। जितेन्द्र सिंह ठकुरीको बलमा पारसले करणलाई आउट गरेका हुन्।

दोस्रो इनिङ्समा पारस आफैँ पनि क्याचआउटको शिकार भए। प्रदेश ३ को इनिङ्समा ११औँ ओभरको पाँचौ बलमा हरिबहादुर चौहानले बाउन्ड्री लाइनमा शानदार क्याच गर्दै पारसलाई आउट गराएका थिए। हरिले बहाब आलमको बलमा पारसलाई आउट गरेका थिए।


पारसको क्याच लिँदै हरिबहादुर मैदानमा



ट्रेन्डिङ पोस्ट

Ncell