PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‘मिसेस आर्यन नेपाल २०१९’को उपाधी कविता ढकाललाई



पहिलोपोस्ट

‘मिसेस आर्यन नेपाल २०१९’को उपाधी कविता ढकाललाई

काठमाडौं: ‘मिसेस आर्यन नेपाल २०१९’को फिनाले सम्पन्न भएको छ। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधी कविता ढकालले जितेकी छिन्। प्रमुख निर्णायक सुगरिका केसीले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनी विजेता घोषित भएकी हुन्।

कविताले शीर्ष ताजसहित पब्लिक च्वाइज अवार्ड र मोस्ट स्मार्टको टाइटल पनि जितेकी छिन्।

प्रतियोगितामा फस्ट रनर्स अप स्र्पाकल पुरीले भइन्। त्यस्तै सेकेन्ड रनर्स अपको उपाधी सीमा थापाले जितेकी हुन्।

एमाजोन इन्टरटेन्मेन्ट आयोजित प्रतियोगितामा मोस्ट ट्यालेन्टेड सीमा थापा घोषित भइन्। बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले जिते।  

प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ हिमानी सुब्बाले गरेकी थिइन्। प्रतियोगीतामा निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसीसँगै शुभ आचार्य र निशु महर्जन रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell