PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'छपाक'को र्‍यापअप, फिल्म हेर्ने हतारोमा रणवीर सिंह



'छपाक'को र्‍यापअप, फिल्म हेर्ने हतारोमा रणवीर सिंह

बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘छपाक’ को छायाङ्कन सकिएको छ। यो फिल्म दीपिकाको करियरकै भिन्न फिल्म हो। 
एसिड आक्रमणबाट बाचेकी एक युवतीको कथामा आधारित यस फिल्ममा दीपिकाको मुख्य भूमिका रहेको छ। मङ्गलवार फिल्मको छायाङ्कन सकिएपछिको तस्बिर दीपिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन्। उक्त तस्बिरमा दीपिकाका पति रणवीर सिंहले सबैभन्दा पहिला कमेन्ट गरेका छन्। 

दीपिकाले इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘र यो मेरो करियरकै सबैभन्दा उत्कृष्ट फिल्मको ‍र्‍यापअप। तपाईहरु सबै १० जनावरी २०२० मा हेर्न सक्नुहुन्छ छपाक।’ 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

& it’s a wrap on THE MOST PRECIOUS film of my career...see you all at the movies!🎬 10.1.2020 #Chhapaak

A post shared by Deepika Padukone (@deepikapadukone) on

त्यस्तै रणवीरले पत्नी दीपिका पादुकोणको तस्बिरमा कमेन्ट गर्दै लेखेका छन् ‘म यो जादु हेर्नको लागि धेरै प्रतीक्षा गर्न सक्दिन।’ 

फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन्। यो फिल्म एसिड आक्रमणबाट बाचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको छ। छपाकमा दीपिकाले लक्ष्मीको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा विक्रान्त मैस्सी दीपिकाको ओपोजिटमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell