PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यातायात कार्यालयमा दर्ता नगरे 'इलेक्ट्रिक स्कुटर' कारवाही



यातायात कार्यालयमा दर्ता नगरे 'इलेक्ट्रिक स्कुटर' कारवाही

काठमाडौं: इलेक्ट्रिक स्कुटर चालकले पनि अब दर्ता नगरी स्कुटर चलाउन नपाउने भएका छन्। कसैले पनि सवारी दर्ता नगरी चलाएको खण्डमा कारबाही गर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

विभागको सोमबार बसेको बैठकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरलाई पनि दर्ता हुनुपर्ने प्रावधान रहेकाले यातायात कार्यालयमा दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन जारी गरेको हो। 

दर्ता नगरी चलाएको पाइएमा कारबाही गर्न महानगरीय ट्राफिक प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १४ को उपदफा (१) मा कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनी वा सवारी विक्री वितरण गर्ने एजेण्डले सवारी खरिद गरेको वा पैठारी गरी नेपालभित्र ल्याएको मितिले पन्ध्र दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनुपर्ने उल्लेख छ। 

अहिले सडकमा गुड्ने इलेक्ट्रिक स्कुटर दर्ता भएका छैनन् भने सवारी चालक अनुमति पत्र समेत नलिइ चलाउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell