PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इद उल फित्रका अवसरमा 'नमस्ते इद २०१९'



इद उल फित्रका अवसरमा 'नमस्ते इद २०१९'

इस्लाम धर्मवालम्बीहरुले जेठ २२ गते एक महिना लामो रमदान सकाउँदै इद उल फित्र मनाए।

इद उल फित्रकै अवसरमा ओपन स्पेन नेटवर्कसँगको सहकार्यमा समयंगले 'नमस्ते इद २०१९' को आयोजना गर्ने भएको छ। राष्ट्रिय मुस्लिम आयोग र नेपाल भ्रमण वर्षसँग समेत सहकार्य गर्दै 'नमस्ते इद' लाई बहुसांस्कृतिक चाडका रुपमा मनाउन ललतिपुरमा रहेको लबिम मलमा जेठ २५ गते शनिवार कार्यक्रम आयोजना हुनेछ। 

उक्त कार्यक्रममा इस्लाम धर्म सम्बन्धी विभिन्न प्रस्तुतिका साथै नेपालका विभिन्न समुदायका मानिसहरुको उपस्थिति रहने आयोजकले जनाएको छ।

सांस्कृतिका प्रस्तुतिका साथै कार्यक्रममा हलालका विभिन्न आउटलेट, सुफि गायन, नाट्य प्रस्तुति साथै नृत्य प्रस्तुत हुनेछ। सद्भाव नाम दिइएको नाट्य प्रस्तुति रङ्ग कलाकारहरु अर्चना पन्थी, अनुजा अधिकारी, बीनिता गुरुङले गर्नेछन्। त्यस्तै कार्यक्रमको मुख्य आकर्षणका रुपमा 'हिजाब फेसन शो' रहेको छ। बैंकर सेलिब्रेटी रबिना देशराज श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले हिजाव लगाएर र्‍याम्पमा उत्रने कार्यक्रम रहेको छ।  

कार्यक्रमका डाइरेक्टर फैजा पर्विनले नमस्ते इद बहुसांस्कृतिक कार्यक्रम रहेको भन्दै सबै समुदायका मानिसहरुको सहभागीतामा  यस कार्यक्रमबाट एकता र विविधताको सम्मान गर्ने सन्देश प्रवाह हुने बताइन्।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन र नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा सहभागी हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell