PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चलचित्र कलाकार सङ्घमा एक उपाध्यक्ष बाहेक सबै रवीन्द्र खड्काको प्यानल विजयी, अध्यक्षमा सरिता लामिछाने ५७ मतले पराजित



चलचित्र कलाकार सङ्घमा एक उपाध्यक्ष बाहेक सबै रवीन्द्र खड्काको प्यानल विजयी, अध्यक्षमा सरिता लामिछाने ५७ मतले पराजित

  • मन्दिरा खत्री-

काठमाडौँ : चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। शनिबार भएको सङ्घको निर्वाचनमा उनको प्यानलले जित हात पारेको हो। कुल ३८७ मतदाताले मत दिएकोमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गरे। खड्काले २१८ मत प्राप्त लामिछानेले १६१ मत प्राप्त गरिन्।

त्यस्तै उपाध्यक्ष पदमा रेजिना उप्रेती र सानुकुमार ताम्राकारले जित हात पारेका छन्। उनीहरूले क्रमशः २४३ र १७५ मत प्राप्त गरे। उप्रेती खड्का प्यानलबाट उम्मेदवार दिइन्। त्यस्तै खड्का प्यानलबाट उम्मेदवार रहेका विनोदकुमार भट्टराईले ९६ मत मात्र प्राप्त गर्दा अर्का उम्मेदवार मनोज केसीले १४२ मत प्राप्त गरे।

महासचिवमा पनि खड्का पक्षीय उम्मेदवार चेतबहादुर सिंहले जित हात पारेका छन्। उनले १८७ मत प्राप्त गर्दै जित हात पार्दा अर्का उम्मेदवार सञ्जय खतिवडाले १५६ मत प्राप्त गरे।

सचिवमा पनि खड्का प्यानलकी पनाह अधिकारी विजयी भएकी छन्। उनले १९४ मत ल्याउँदा  कविता गेलाल शर्माले १६९ मत ल्याइन्।

सह-कोषाध्यक्षमा पनि खड्का पक्षीय उम्मेदवार पवित्रा आचार्य विजयी भएकी छन्। उनले २२० मत प्राप्त गरिन्। सह-कोषाध्यक्ष पदका अर्का उम्मेदवार डिबी बमजनले १३३ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा यसअघि नै सुनील कटुवाल निर्विरोध निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell