PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेहा कक्करको कार्यक्रममा भाँडभैलो, आयोजक भने प्रहरी खोरमा



पहिलोपोस्ट

नेहा कक्करको कार्यक्रममा भाँडभैलो, आयोजक भने प्रहरी खोरमा

  • मन्दिरा खत्री -

काठमाडौं : बलिउड पाश्र्व गायिका नेहा कक्कर सहभागी कार्यक्रममा भाँडभैलो मच्चिएपछि प्रहरीले लाठी चार्ज गरेको छ। साथै आयोजकलाई समेत पक्राउ गरेको छ।

कार्यक्रममा हुलदंगा हुँदा प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीले आयोजक दीपक घिमिरेसहित तीन जनालाई पक्राउ गरेको हो।

यसअघि घिमिरे यस्तै कार्यक्रममा विवादमा तानिएका थिए। उनकै पहलमा नेहालाई काठमाडौं उतारिएको थियो। आफूलाई ‘अन्तर्राष्ट्रिय मोडल’ भन्ने दीपकले यसपाली पनि दर्शकलाई झुक्याए थिए।

कार्यक्रमका लागि उनले क्षमताभन्दा बढी टिकट बिक्री गरेका थिए। कार्यक्रम गर्ने भनिएको ठमेलस्थित एलओडी क्लबको क्षमता २ हजार जनाको थियो। तर, झन्डै दोब्बर बढीबाट टिकट काटेर पैसा उठाएको प्रहरीले जनाएको छ। कार्यक्रम हेर्न पुगेकामध्ये हजारभन्दा बढी गेटबाहिर नै भएपछि अवस्था बिग्रिएको थियो।

भित्र जान नपाउनेले त्यहीँ नाराबाजी थालेका थिए। अन्ततः प्रहरीले आयोजकका दीपक घिमिरेसहित तीन जनालाई पक्राउ गर्‍यो।

टिकेट किनेका हरुले आफ्नो पैसा फिर्ता पाउनुपर्ने माग गरेका छन्।

आयोजक दीपक घिमिरेले भने कार्यक्रममा सामान्य लाठी चार्ज भएको दाबी गरे।

‘कार्यक्रममा चौबीस पच्चिस सय मानिसको भिड लागेको थियो। टिकट सबै बिक्री भए। पहिला नै टिकट लिएकाहरु ढिला आएको कारणले लोकल क्राउडले सबै ठाँउ भरियो। त्यसैले गर्दा सामान्य हुलदंगा भयो,’ उनले पहिलोपोस्टसँग भने, ‘त्यतिकैमा प्रहरी आयो लाठी चार्ज भयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell