PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गुठीको विषयमा आक्रोशित कांग्रेस : 'होली वाइन' छर्किँदै नेपाली संस्कृतिमाथि गम्भीर प्रहार



पहिलोपोस्ट

गुठीको विषयमा आक्रोशित कांग्रेस : 'होली वाइन' छर्किँदै नेपाली संस्कृतिमाथि गम्भीर प्रहार

काठमाडौं : सरकारले अगाडि बढाएको गुठी सम्बन्धि विधेयकले नेपालको परम्परा धर्म संस्कृति र सम्पदामाथि गम्भीर प्रहार गरेको नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकको सुरुवात मै समय लिएर सांसद खाँडले यस्तो बताएका हुन्। उनले गुठियारहरुले गरेको आम मानिस सरकार र राज्यको ध्यानाकर्षण गराउनका लागि शान्ति पूर्ण भेला भएर विरोध गरेको संविधानले पनि अधिकार दिएको भन्दै सरकारले शान्तिपूर्ण रुपमा भेला भएका आम नागरिकमाथि वर्वरतापूर्वक आक्रमण गरेको भन्दै विरोध व्यक्त गरे।

यो पनि पढ्नुस् : हेर्नुस् प्रहरीको त्यो 'किक' जसले 'प्रहरी मेरो साथी' भन्ने नारालाई नै लज्जित पार्छ : को हुन् यिनी जसले अनाहकमा सहन पर्‍यो लात?

'सरकार आफैले नै राज्यकोषबाट ठूलो धनराशी खर्च गरेर होली वाइन छर्किँदै हिँड्छ। करोड रुपैयाँको धन राशी पुरस्कार र धार्मिक प्रयोजनमा खर्च गरिने पुरस्कार राशी सरकारले सहर्ष स्वीकार गर्छ,' उनले भने, 'धर्मप्रचारक विश्वविद्यालयले पीएचडीको टोपि लगाइदिन्छ। धर्मप्रचारको टोपी लगाएर नेपालको सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ। यो घोर आपत्तिजनक छ। सरकारले यस्तो आपत्तिजनक क्रियाकलाप नगरोस् जनताले यसलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्।'

उनले संविधान विपरीत विधेयकहरु बारम्बार संसदमा पेश गरेको भन्दै विरोध गरे। 'बारम्वार संविधान विपरीतका विधेयक बारम्बार सदनमा किन प्रवेश गराउन खोजिन्छ? संविधानको गम्भीरतापूर्वक अध्ययन गरियोस्। संविधानको पालना गर्नु पर्दैन। सरकार नै संविधानको उल्लंघन गर्दै छ,' उनले भने।

सम्बन्धित सामग्री : गृहमन्त्रीको राजीनामा माग्दै निक्लियो मसाल जुलुस

उनले संविधानले हक अधिकार कुण्ठित गर्ने गरी विधेयक ल्याइएको भन्दै विरोध गरे।

'पछिल्लो पटक गुठी सम्बन्धी विधेयक अगाडि बढेको छ। यो सरकारले हाम्रो धर्म संस्कृत मठ मन्दिर र गुठिको अस्तित्वलाई समाप्त गर्ने ढंगले ल्याइएको छ। यसमा विधेयकमै पनि हाम्रो आपत्ती छ,' उनले भने।  

उनले सरकारले नागरिकको शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका नागरिक माथि दमन गरेको भन्दै विरोध गरे।

'आम नागरिकले शान्तिपूर्ण ढंगले माइतीघरमा जम्मा हुन पाउने कि नपाउने? रत्नपार्कमा जम्मा हुन पाउने कि नपाउने? टुँडिखेलमा जम्मा हौँ भने सरकारले बेचिसकेको छ। टुँडिखेलमा जम्मा हुने भेला हुने अवस्था रहेन। अहिले माइतीघरमा जम्मा नभए कहाँ हुने त?,' उनले प्रश्न गरे।

यो पनि पढ्न सिफारिस : माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात 

राजतन्त्र स्थापनाका लागि योगदान गर्न बलिदानी गर्ने शान्तिपूर्ण आन्दोलनमा उत्रिने काठमाडौंका गुठियारमाथि दमन गरेको भन्दै अगाडि भने, 'जसले लोकतन्त्रको आन्दोलनमा शान्ति पूर्ण राजालाई हटाउनका लागि यहाँका जनता सडकमा उर्लिएका हुन्। उनीहरुकै योगदानले यो व्यवस्था आएको हो। सरकारले यस्ता आपत्तीजनक कार्य तत्काल रोकोस्। प्रहार गर्नेहरुलाई उचित छानविन गरेर सरकारले आदेश दिएको भए आदेश दिनेका विरुद्ध पनि हाम्रो विरोध छ। वर्वरतापूर्वक आम नागरिकलाई धरपकड गर्नेलाई कारवाही गरोस्,' उनले भने।

उनले संविधान विपरीतका विधेयकलाई फिर्ता लिन माग गरे।

कांग्रेको विरोधका बीच नेकपा सांसद भुषालको गुठियारमाथि दमनको विरोध

यसैबीच गुठियारमाथि आइतबार भएको दमनको विरोधमा सत्तारुढ दल नेकपाकी सांसद पम्फा भुषालले विरोध गरिन्। कांग्रेस नेता खाँडले आफ्नो धारणा राखेपछि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए। विरोधका बीच सभामुख कृष्णबहादुर महाराले भुषाललाई समय दिए। कांग्रेस सांसदहरुले टेबल ठोकेर विरोध गरे।

'तपाइँकै पक्षमा मान्य सदस्य बोल्दै हुनुहुन्छ। उहाँलाई बोल्न दिनुस् मान्य सदस्यहरु,' सभामुख महराले कांग्रेस सांसदलाई मनाउन खोज्दै थिए, 'उहाँले तपाईँहरुलाई नै सहयोग गर्दै हुनुहुन्छ।'

कांग्रेस सांसदहरुले टेबल ठोकिरहेकै बेला नेकपाकी सांसद भुषालले गुठियारमाथि भएको दमनको विरोध गरिन्। 'रातो मछिन्द्रनाथको रथ यात्रा हुँदै गर्दा गुठियार माथि दमन भएको छ,' उनले भनिन्, 'यसको विरोध गर्दछु।'

कांग्रेसको विरोधपछि सभामुख महराले भूमिसुधार मन्त्री पद्मा अर्याललाई जवाफका लागि समय दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell