PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘केच्याब्रुङ’ उत्कृष्ट घोषित 



आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘केच्याब्रुङ’ उत्कृष्ट घोषित 

काठमाडौं : नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा लिम्बु भाषाको चलचित्र ‘के च्याब्रुङ’ उत्कृष्ट घोषित भएको छ। 

त्यस्तै गुरुङ भाषाको चलचित्र ‘ले क्यु’ का जसमाया गुरुङले उत्कृष्ट निर्देशकको उपाधी जितेकी छन्। गुरुङ भाषाकै चलचित्र ‘रिजेनासा’बाट बलबहादुर गुरुङ उत्कृष्ट नायक र मगर भाषाको ‘खुर्पेटो’बाट बिनाथापा मगरले उत्कृष्ट नायिकाको उपाधी पाएका छन्। 

राई भाषाको चलचित्र यारीका लागि युवराज वीरबहादुर राईले उत्कृष्ट छायाकारको उपाधी पाएका छन्। महोत्सवमा गुरुङ भाषाको चलचित्र ‘रिजेनासा’ले पव्लिक च्वाइस अवार्ड हात पारेको छ। यसका लागि चलचित्रले तीस हजार नगद प्राप्त गरेको छ। 

त्यस्तै बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्रीको अवार्ड सुनुवार भाषाको ‘छेककगु’ले प्राप्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell