PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गुठी विधेयकको विरुद्ध इन्द्रचोकमा विरोध सभा, भोली असनमा विरोध र्‍याली

गुठी विधेयकको विरुद्ध इन्द्रचोकमा विरोध सभा, भोली असनमा विरोध र्‍याली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं:  सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको प्रतिकार गर्न संघर्ष समिति घोषणा गरिएको छ।

सोमबार काठमाडौंको इन्द्रचोकमा (वंग) आयोजित विरोध सभामा राष्ट्रिय पहिचान संरक्षण संघर्ष समिति घोषणा गरिएको हो। श्यामकृष्ण प्रजापतिको नेतृत्वमा गठन भएको सो संघर्ष समितिमा नेवा: राजनीतिक अभियान,नेवा: ग्वाली पुच,सेभ नेपाल भ्याली,सम्पदा बचाउ अभियान लगायतका संघसंस्थाले एक्यबद्धता जनाएका छन्। 

संघर्ष समितिले अन्य संघसंस्थासँग मिलेर गुठी विधेयकका साथै राष्ट्रिय पहिचानसँग सम्बन्धित सबै विषयमा विभिन्न कार्यक्रम गर्ने जनाइएको छ।

आइतवार आयोजित विरोध कार्यक्रममा वक्ताहरुले गुठी विधेयक ल्याएर सरकारले नेवार सभ्यतामाथि मात्रै नभएर सिंगो नेपालीको पहिचान मेटाउन खोजेको आरोप लगाए। यस्तै उनीहरुले आइतवार माइतीघरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै गृहमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग राखे। 

यता, माइतीघरमा गुठीयारहरुमाथि प्रहरी परिचालन गर्दै सरकारले आतंक मचाउन खोजेको भन्दै नेवा: राष्ट्रिय मुक्ति मोर्चाले मंगलवार असनमा विरोध र्‍याली गर्ने भएको छ।

मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले आदिवासी जनजाती जीवन संस्कारसँग सम्बन्धीत गुठी विधेयक फिर्ता नगरे र फेरि विरोधमा उत्रेकाहरुमाथि दमन गर्न खोजे सरकारले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell