PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'प्रदर्शनकारीमाथि प्रहरीको लात'का विषयमा गृहमन्त्रीको जवाफ : सरकारले छानविन प्रकृया अगाडि बढाएको छ



पहिलोपोस्ट

'प्रदर्शनकारीमाथि प्रहरीको लात'का विषयमा गृहमन्त्रीको जवाफ : सरकारले छानविन प्रकृया अगाडि बढाएको छ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आइतवार माइतीघर मण्डलमा भएको घटनाबारे सदनले गराएको ध्यानाकर्षण अनुसार जवाफ दिएका छन्।

मंगलवार व्यवस्थापिका संसदमा बोल्दै गृहमन्त्री थापाले आन्दोलनका क्रममा राज्यपक्ष र सुरक्षाकर्मीले कानुन मिचेर अभद्र व्यवहार गरेको भए कानुनी कारबाहीमा ल्याउने दावी गरे।

‘कानुन विपरीतका घटनाको छानबिन प्रक्रिया सरकारले अघि बढाएको छ। राज्य वा प्रदर्शनकारी दुवैका तर्फबाट भएका काम कारबाहीको छानविन हुन्छ। सुरक्षाकर्मी दोषी भएमा पनि कारबाहीको दायरामा आउँछ,' गृहमन्त्री थापाले भने।

आइतवार सरकारले ल्याएको गुठी विधेयकका प्रावधानमाथि असन्तुष्टि राख्दै नेवाः संगठन र उपत्यका सडक विस्तार संघर्ष समिति समेतले प्रदर्शन गरेका थिए। गृहमन्त्री थापाले सार्वजनिक आवागनमलाई अवरोध खडा गरेकोकाले प्रहरी मुभ भएको जनाएका थिए। प्रहरीले पटकपटक अवरोध हटाउन माइकिङ गरेको र प्रदर्शनकारीले उक्त कुरा स्वीकार नगरी यातायात अवरोध जारी राखेकाले पानीको फोहरा प्रहार गरी आवागमन सुचारु गरेको संसदमा जानकारी दिएका थिए।

गृहमन्त्री थापाले भने, 'यहाँ प्रश्न जसरी उठेको छ। राज्यले शान्तिपूर्ण विरोध र समर्थनको अधिकारमा बर्बर दमन गरेको आरोप छ, विषय उठान भएको छ। विरोध राज्यको नैसर्गिक अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ।'

उनले शान्तिपूर्ण विरोधमा पानीको फोहोरा वा प्रदर्शन तितरवितर गराउन प्रयोग नभएको दावी गरे। राज्य सार्वजनिक शान्ति सुरक्षा र आवागनमको विषयमा सरकार प्रतिवद्ध रहेको बताउँदै उनले त्यसो गर्नु राज्यको दायित्व भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell