PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो देखियो गुठी विधेयकको विरुद्ध असनबाट निक्लिएको र्‍याली

यस्तो देखियो गुठी विधेयकको विरुद्ध असनबाट निक्लिएको र्‍याली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा नेवा: राष्ट्रिय मुक्ति मोर्चाले आज काठमाडौंमा विरोध र्‍याली निकालेको छ।

गुठी विधेयकको खारेजीको माग गर्दै आयोजित र्‍याली असनबाट सुरु भएर भोटाहिटी, रत्नपार्क, शहीदगेट, न्यूरोड, इन्द्रचोक हुँदै पुन: असन पुगेर  कोणसभामा  परिणत भएको थियो।

विरोध सभामा  देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेवा: राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ लगायतले सरकार गुठीलाई समाप्त पार्दै भूमाफियाका पक्षमा लागेको आरोप लगाएका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell