PahiloPost

Aug 22, 2019 | ५ भदौ २०७६


टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ


पूर्णबहादुर खड्का

टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ

सुर्खेत : टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ। बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो। 

रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ। टिपर चालक भने फरार रहेको भन्दै खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जान लागेको आफन्तको भनाइ छ। सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए।



टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट