PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


धेरै कमाउनेमा रोनाल्डो भन्दा मेसी अगाडि


धेरै कमाउनेमा रोनाल्डो भन्दा मेसी अगाडि

बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसी विश्वमा सर्वाधिक परिश्रमिक पाउने खेलाडी बनेका छन्।

अघिल्लो पटक बक्सिङमा फ्लोयद मेवेदर भन्दा पछि रहेका मेसी फोर्ब्सले जारी गरेको यस वर्षको सूचीमा पहिलो स्थानमा रहेका हुन्। तर यस वर्ष भने बक्सिङ स्टार मेवेदर शीर्ष १०० भित्र पनि अटाउन असफल रहे।

फोर्ब्सले जारी गरेको सूचीमा मेसीको १२७ मिलियन अमेरिकी डलर रहेको उल्लेख छ। गत वर्षभन्दा उनको कमाई १६ मिलियनले बढेको हो।

मेसीले फुटबलबाट ९२ मिलियन डलर कमाएका छन् भने विज्ञापनबाट ३५ मिलियन डलर कमाएका छन्।

मेसी भन्दा १८ मिलियन कम कमाएका फुटबलकै क्रिस्टियानो रोनालो दोस्रो स्थानमा छन्। पोर्चुगलका स्टार रोनाल्डोको कमाइ १०९ मिलियन छ।

बक्सिङका कानेलो अल्भारेज सर्वाधिक कमाउनेमा चौथो स्थानमा छन्। उनको कमाई ९४ मिलयन डलर रहेको छ।  पाँचौ स्थानमा रहेका स्वीस टेनिस स्टार रोजर फेडररको कमाई ९३.४ मिलियन डलर रहेको छ।

यस्तै अमेरिकी फुटबलका रसेल विलसन र आरोन रोजर्स क्रमश: छैटौं र सातौं स्थानमा छन्। बास्केटबलका लेब्रोन जेम्स, स्टेफन करी र केभिन डुरान्त आठौं देखि दशौं स्थानसम्म छन्।



धेरै कमाउनेमा रोनाल्डो भन्दा मेसी अगाडि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट