PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो देखियो गुठी विधेयक विरुद्धको मैनबत्ती र्‍याली

यस्तो देखियो गुठी विधेयक विरुद्धको मैनबत्ती र्‍याली


काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विरोध सभाहरु गरिएको छ।

सरकारले गुठीयारलाई अधिकार बिहिन बनाउने प्रावधान सहित ल्याएको विधेयकको विरुद्ध संघर्ष गर्न गठन गरिएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले आज काठमाडौंको वसन्तपुरमा विरोध र्‍याली आयोजना गर्‍यो।

वसन्तपुरबाट विधेयक र सरकारले गरेको दमन विरुद्ध नारा लगाउँदै झो छें, लगन, ह्युमत, जैशीदेवल, भीमसेनस्थान, नरदेवी, असन, इन्द्रचोक हुँदै पुन: वसन्तपुरमा पुगेर विरोध र्‍यालीको समापन भएको थियो।

सरकारले उज्यालोमै भएको दमन नदेखेको र आफ्नो मागहरु प्रति संवेदनशील नभएको भन्दै उनीहरुले दिउँसै र्‍यालीभर मैनबत्ती र मोबाइलको लाइट बालेर प्रदर्शन गरेका थिए।

यस्तै, कीर्तिपुरमा पनि विधेयक विरुद्ध विरोध सभा आयोजना गरियो। कीर्तिपुरका स्थानीय संघसंस्थाद्वारा आयोजित सभामा संघर्ष समितिका सदस्यहरुको समेत उपस्थिति थियो। विरोधसभामा विधेयक जलाइएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell