PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संसदमा लक्ष्मणलालको व्यङ्ग्य : संविधानले दिएको मौलिक अधिकार मार्बलको अंगुर हो?



पहिलोपोस्ट

संसदमा लक्ष्मणलालको व्यङ्ग्य : संविधानले दिएको मौलिक अधिकार मार्बलको अंगुर हो?

काठमाडौं : संविधान संशोधनको मुद्दा हराउन थालेको भन्दै राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूहरुलाई संसदबाट बाहिर नधकेल्न चेतावनी दिए।

'यदाकदा ९० प्रतिशतले पारित भएको कुरा सुनिराखेका छौँ आज पनि हामीले संशोधनको माग उठाइरहेका छौँ। हिजो तत्कालिन एमालेलाई हटाएर हेर्दा ६० प्रतिशत संशोधनको पक्षमा थियौँ। केही प्रतिशत बाँकी रहेकोले पनि संशोधनको बाचा गरेको छ,' उनले भने, 'हामीलाई संसदबाट बाहिर नधकेलियोस। हामी बाहिर गयौँ भने के हुन्छ थाहा होला। हामी बाहिर गयौँ भने देशको स्वास्थ्य खराब हुन्छ।'

उनले लोकसेवा आयोगले संसदीय समितिको निर्देशन पालना गर्न अटेरीको गरेको आरोप लगाए।

'संसदको निर्णय सरकारले नमान्ने। संसदीय समितिको निर्णय लोकसेवा आयोगले नमान्ने हो भने यो संसदको के काम हामी किन यहाँ बस्ने?'

उनले संविधानले दिएको मौलिक अधिकार मार्वलको अंगुर नभएको भन्दै उनले भने, 'प्रदर्शन गर्दा लाठी चार्ज गर्ने टाउको फोड्ने प्रदर्शन गर्न नपाइने हो भने सरकारले भन्नु पर्योन संविधानले दिएको अधिकार मार्वलको अंगुर हो नखाउ अहिले त टाउको फुटेको छ। दाँत पनि फुट्ला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell