PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डेभिड वार्नरले फ्यानलाई दिए आफूले पाएको 'म्यान अफ दि म्याच' को अवार्ड 



डेभिड वार्नरले फ्यानलाई दिए आफूले पाएको 'म्यान अफ दि म्याच' को अवार्ड 

आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत बुधवार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ विकेटले पराजित गर्दा डेविड वार्नरले शतक प्रहार गरे।

बल टेम्परिङ काण्डबाट पर्केपछि पहिलो शतक प्रहार गर्ने क्रममा वार्नरले १०७ बनाए। यो ओडिआईमा उनको १५औं शतक पनि हो।

वार्नरको शतक प्रेरित अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनाएको थियो। बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानलाई २६६ रनमा अलआउट गर्दै अष्ट्रेलियाले तेस्रो जित हात पारेको हो। जितपछि वार्नर म्यान अफ दि म्याच घोषित भए।

उनले अवार्ड भने आफैँ राखेनन्। अवार्ड पाएपछि वार्नरले आफ्नो फ्यान भएतिर गए र त्यहाँ रहेका योङ फ्यानलाई अवार्ड दिए। 
अवार्ड पाएपछि ति फ्यानले एकदमै खुशी लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell