PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपमेयर कप महिला फुटबलको उद्घाटन खेलमा बाँसगढी र घोराही तुल्सीपुर खेल्ने



उपमेयर कप महिला फुटबलको उद्घाटन खेलमा बाँसगढी र घोराही तुल्सीपुर खेल्ने

काठमाडौं : पहिलो पटक आयोजना हुन लागेको उपमेयर कप अन्तर-नगरपालिका महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र घोराही तुल्सीपुर नगरपालिका खेल्ने भएको छ।

प्रतियोगिताको पहिलो खेल शुक्रवार सशस्त्र प्रहरी बलको मैदानमा हलचोकमा हुनेछ। समूह ए अन्तर्गतको यस खेल बिहान ९ बजे सुरु हुनेछ। यस्तै शुक्रवारै समूह सी को दुई खेल पनि हुनेछन्। 

दोस्रो खेल गोदवारी नगरपालिका र चन्द्रपुर नगरपालिकाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। भने भिमेश्वर नगरपालिका र काठमाडौं नगरपालिकाबीचको खेल ४ बजे सुरु हुनेछ।

अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको यस प्रतियोगगितामा विभिन्न १८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ए र डी मा ४-४ तथा समूह बी र सी मा ५-५ टोली छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell