PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वर्षाका कारण भारत र न्यूजिल्याण्डबीच हुने खेलको टस हुन सकेन



वर्षाका कारण भारत र न्यूजिल्याण्डबीच हुने खेलको टस हुन सकेन

आइसीसी विश्वकप क्रिकेट २०१९ मा वर्षाका कारण खेल प्रभावित हुने क्रम जारी छ। यसअघि नै मौसमले साथ नदिँदा २ खेल वासआउट भइसकेको छ भने एक खेल सुरु भएपछि रद्ध भएको थियो।

आज पनि नटिङहमको टेन्ट ब्रिजमा तय भएको भारत र न्यूजिल्याण्डबीच खेल पनि वर्षाको मारमा परेको हो।

नेपाली समयअनुसार दिउँसो ३:१५ मा टस हुने भनिएपछि सवा घण्टा बितिसक्दा पनि अझै टस हुन सकेको छैन।

अम्पायरहरुले दुई पटक मैदानको निरिक्षण गरिसकेका छन्। तर पानी पर्ने र रोकिने क्रम जारी रहेकाले टस हुन नसकेको हो। अब केही समयपछि पुन: मैदानको निरिक्षण हुने भएको छ।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको एक दिवसीय विश्वकपमा भारत र न्यूजिल्याण्ड मात्र अपराजित टोली हुन्। कूल १० टोलीको सहभागिता रहेको यस विश्वकपमा राउण्ड रोविन सिस्टममा खेलहरु भइरहेका छन्। 

न्यूजिल्याण्डले ३ र भारतले २ खेल जितेका छन्। आजको खेलमा पनि जित हात पार्दै दुबै टोली अपारजित यात्रा कायम राख्ने योजनामा छन्। तर वर्षाका कारण खेल हुने नहुने नै अन्योल भइरहेको छ। खेल नभएमा दुवै टोलीले १-१ अंक बाँड्नेछन्।

यो पनि पढ्नुस:

विश्वकप क्रिकेट : तीन संस्करण र १६ वर्षपछि भारत र न्यूजिल्याण्ड विश्वकपमा खेल्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell