PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विश्वकप क्रिकेट : वर्षाका कारण भारत र न्यूजिल्याण्डबीच खेल रद्ध



विश्वकप क्रिकेट : वर्षाका कारण भारत र न्यूजिल्याण्डबीच खेल रद्ध

आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल टस नभई रद्ध भएको छ।

नटिङहमको ट्रेन्ट ब्रिजमा हुने भनिएको खेल निरन्तरको वर्षाका कारण टस नै नभई रद्ध भएको हो। नेपाली समयअनुसार दिउँसो ३: १५ मा हुने भनिएको खेल साढे ४ घण्टासम्म पनि वर्षा नरोकिएपछि खेल रद्ध गरिएको हो।

खेल रद्ध भएपछि भारत र न्यूजिल्याण्डले १-१ अंक बाँडेका छन्। यो खेल वर्षाका कारण रोकिएसँगै दुवै टिमको अपराजित यात्रा समेत कायम रहेको छ। यसअघि लगातार तीन खेल जितेको न्यूजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ।

यस्तै लगातार दुई खेल जितेको भारत आजको खेलबाट १ अंक पाएपछि ५ अंकसहित तेस्रो स्थानमा उक्लेको छ। तीन खेल जितेर ६ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा खेल हुन नसकेको यो चौथो पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell