PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच जना घाइते



पहिलोपोस्ट

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच जना घाइते

भीमदत्तनगरः कञ्चनपुरको भीमदत्त नगरपालिका ८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नम्बरको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन्। घाइतेको भीमदत्त नगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुननसकेको जानकारी दिए। उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताए।

दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका -११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका -७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन्। जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell