PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल बास्केटबल लिगको ट्रफी सार्वजनिक



पहिलोपोस्ट

नेपाल बास्केटबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) को आयोजनामा भइरहेको क्वीक्स नेपाल बास्केटबल लिग र वुमन नेपाल बास्केटबल लिगको विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ।

आयोजक  पीडीसीएनले शुक्रवार राजधानीमा दुई वटा ट्रफी सार्वजनिक गरेको हो।

पुरुषतर्फ लगातार दोस्रो पटक लिग आयोजना गरिरहेको पीडीसीएनले यस पटकदेखि महिलाको पनि लिग आयोजना गरेको छ।

आठ टोली सहभागि पुरुष लिगको आइतवार देखि प्लेअफ राउण्डका खेलहरु सुरु हुनेछन्। चार टिममात्र सहभागी महिलातर्फ भने लिगबाट दुई टोली सीधै फाइनल पुगिसकेका छन्।

पुरुषल लिगमा त्रिभुवन बर्मी, टाइम्स इन्टरनेशनल क्लब, साविक विजेता गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लब, र नेपाल पुलिस शीर्ष चारमा रहँदै प्लेअफमा प्रवेश गरेका छन्।

आयोजकले प्लेअफको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। होम एण्ड अवे प्रणालीमा भएको पुरुष लिगको प्लेअफ देखि फाइनल सम्मका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजकले जनाएको छ।

प्लेअफ अन्तर्गत आइतवार लिगमा पहिलो भएको आर्मी र दोस्रो भएको टाइम्स तथा तेस्रो भएको गोल्डेनगेट र चौथो भएको पुलिसबीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन्। यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell