PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका, यस्तो छ नेपाली समय अनुसार खेल तालिका



पहिलोपोस्ट

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका, यस्तो छ नेपाली समय अनुसार खेल तालिका

विश्वकै पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपा अमेरिकाको ४६औं संस्करण आजबाट सुरु हुँदैछ। दक्षिण अमेरिकी महादेशका राष्ट्रहरुले खेल्ने यस प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिल र बोलिभिया भिड्दैछन्।

अंग्रेजी महिना अनुसार जुन १४ देखि सुरु हुने भएपनि समयअन्तरका कारण नेपालमा भने उद्घाटन खेल भोली बिहान ६:१५ बजे मात्र सुरु हुनेछ।

ब्राजिलमा आयोजना हुने यस संस्करणमा दक्षिण अमेरिकाका १० र आमन्त्रीत दुई गरी कूल १२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। ३० वर्षपछि ब्राजिल पर्केको कोपा अमेरिका यस पटक ब्राजिलको विभिन्न ५ शहरमा हुनेछ।

सहभागि १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ए मा घरेलु टोली ब्राजलिसँगै बोलिभिया पेरु र भेनेजुएला छन्। यस्तै समूह बी मा अर्जेन्टिना, पाराग्वे, कतार र कोलोम्बिया छन्। समूह सी मा साविक विजेता चिलीसहित उरुग्वे, इक्वेडर र जापान छन्। यस पटक उत्तर अमेरिकाको कुनै पनि टोलीलाई प्रतियोगिता खेल्न बोलाइएको छैन। त्यसको सट्टामा दुई एसियाली राष्ट्र जापान र कतारलाई आमन्त्रीत टोलीको रुपमा बोलाइएको हो।

तीन वटै समहूको शीर्ष दुई स्थानमा रहने टोलीहरु सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। यस्तै तेस्रो हुने तीनध्ये उत्कृष्ट दुई ६वलिले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछन्।

यस्तो छ नेपाली समय अनुसार खेल तालिका:

 

समूह ए : ब्राजिल, बोलिभिया, पेरु, भेनेजुएला

ब्राजिल भर्सेस बोलिभिया, जेठ ३२ गते, बिहान ६:१५ बजे

भेनेजुएला भर्सेस पेरु, असार १ गते, राती १२:४५ बजे

बोलिभिया विरुद्ध पेरु, असार ४ गते, बिहान ३:४५ बजे

ब्राजिल भर्सेस भेनेजुएला, असार ४ गते, बिहान ६:१५ बजे

बोलिभिया भर्सेस भेनेजुएला, असार ८ गते, १२:४५ बजे

ब्राजिल भर्सेस पेरु, असार ८ गते, १२:४५ बजे

 

समूह बी : अर्जेन्टिना, पाराग्वे, कतार, कोलोम्बिया

अर्जेन्टिना भर्सेस कोलोम्बिया, असार १ गते, बिहान ३:४५ बजे

पाराग्वे भर्से कतार, असार २ गते, राती १२:४५ बजे

कोलोम्बिया भर्सेस कतार, असार ५ गते, बिहान ३:१५ बजे

अर्जेन्टिना भर्सेस पाराग्वे, असार ५ गते, बिहान ६:१५ बजे

अर्जेन्टिना भर्से कतार, असार ९ गते, राती १२:४५ बजे

कोलोम्बिया भर्सेस पाराग्वे, असार ९ गते, राती १२:४५ बजे

 

समूह सी : उरुग्वे, चिली, इक्वेडर, जापान

उरुग्वे भर्सेस इक्वेडर, असार २ गते, बिहान ३:४५ बजे

जापान भर्सेस चिली, असार ३ गते, बिहान ४:४५ बजे

उरुग्वे भर्सेस जापान, असार ६ गते, बिहान ४:४५ बजे

इक्वेडर भर्सेस चिली, असार ७ गते, बिहान ४:४५ बजे

उरुग्वे भर्सेस चिली, असार १० गते, बिहान ४:४५ बजे

इक्वेडर भर्सेस जापान, असार १० गते, बिहान ४:४५ बजे

 

क्वाटरफाइनल

समूह ए विजेता भर्सेस समूह बी/सी को तेस्रो हुने टिम, असार १३ गते, बिहान ६:१५ बजे

समूह ए उपविजेता भर्सेस समूह बी को उपविजेता, असार १४ गते, राती १२:४५ बजे

समूह बी को विजेता भर्सेस समूह सी को उपविजेता, असार १५ गते, बिहान ४:४५ बजे

समूह सी को विजेता भर्सेस समूह्य ए/बी को तेस्रो हुने टिम, असार १५ गते, १२:४५ बजे

 

सेमिफाइनल

पहिलो क्वाटरफाइनल विजेता भर्सेस तेस्रो क्वाटरफाइनल विजेता, असार १८ गते, बिहान ६:१५ बजे

दोस्रो क्वाटरफाइनल विजेता भर्सेस चौथो क्वाटरफाइनल विजेता, असार १९ गते, बिहान ६:१५ बजे

 

तेस्रो स्थान

सेमिफाइनलमा पराजित दुई टोली, असार २२ गते, १२:४५ बजे

 

फाइनल

पहिलो सेमिफाइनलको विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता, असार २३ गते, बिहान १:४५ बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell