PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेसी खेल्ने कोपाको छैन चर्चा, अर्जेन्टिनाले यसपाली जित्ला उपाधि?



मेसी खेल्ने कोपाको छैन चर्चा, अर्जेन्टिनाले यसपाली जित्ला उपाधि?

तीन वर्षअघि प्रतियोगिता सुरु भएको सय वर्षको अवसरमा कोपा अमेरिका सेन्टेनारियो आयोजना हुँदा युरो कपको छायामा परेको थियो।

विश्वकपपछि चर्चित फुटबल प्रतियोगिता युरोकपलाई मिनि विश्वकपसमेत भनिन्छ। तर त्यस्तै महादेशीय  र विश्वकै पुरानो प्रतियोगिता कोपा अमेरिकाले भने खासै चर्चासमेत पाउँदैन। यस पटक पनि फुटबलपछिको चर्चित खेल क्रिकेटको विश्वकप इंग्ल्याण्ड र वेल्समा भइरहेको छ।

तर दक्षिण अमेरिकी महादेशबाट कुनै पनि टिम एक दिवसीय विश्वकपमा पुगेका छैनन् त्यसैले कोपालाई क्रिकेटको विश्वकपले भने खासै असर नपार्ने देखिन्छ।

वर्तमान विश्व फुटबलका चर्चित र उत्कृष्ट खेलाडी लिओनल मेसी पनि कोपा अमेरिका खेल्दैछन्। क्लब लेभलमा सबै खाले उपाधि र अवार्ड जितेका मेसीले राष्ट्रिय टिमका लागि भने केही जित्न नसकेको भनेर आलोचन समेत हुँदै आएको छ। छिमेकी ब्राजिलमा हुने ४६औं संस्करणको यस प्रतियोगिता मेसीको लागि सम्भवत ठूलो उपाधि जित्ने अन्तिम अवसर हुनेछ।

अर्जेन्टिना सँधैको उपाधि दाबेरदार भएर पनि २६ वर्षयता कोपा जित्न सकेको छैन। पछिल्लो दुई पटक फाइनल पुगेपनि दुवै पटक चिलीसँग पराजित भएर उपविजेतामा चित्त बुझाउनु परेको थियो।

३२ वर्ष पुगिसकेका मेसीको लागि सम्भवत यो नै उपाधिको खडेरी तोड्ने अन्तिम अवसर हुनेछ। २०१४ को विश्कप अनी २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा मेसी सम्मलित अर्जेन्टिना पराजित भएको थियो।

२१औं शताब्दी लागेपछि अर्जेन्टिनाले कुनै ठूलो उपाधि जित्न सकेको छैन। सन् २००० यता ब्राजिल र चिलीले २-२ पटक तथा कोलोम्बिया र उरुग्वेले १-१ पटक उपाधि जितेका छन्। अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ कोपाको उपाधि जितेको थियो। तर स्टार खेलाडी हुँदाहुँदै पनि अर्जेन्टिनाले त्यसयता भने उपाधि जित्न सकेको छैन। १९९३ पछि चार पटक फाइनल खेले पनि अर्जेन्टिना ब्राजिलसँग दुई र चिलीसँग दुई पटक पराजित भएको हो। २००४ र २००७ मा अर्जेन्टिना ब्राजिलसँग पराजित भएको थियो।

पछिल्लो पटक २०१५ र २०१६ मा भएको प्रतियोगितामा चिलीले दुवै पटक फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो। सर्वाधिक उपाधि जित्नेमा उरुग्वे भन्दा तल रहेको अर्जेन्टिना सामु उपाधि जित्दै उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर पनि छ। उरुग्वेले १५ र अर्जेन्टिनाले १३ पटक उपाधि जितेका छन्।

घरेलु टोली ब्राजिल पनि अर्जेन्टिना जस्तै दाबेदार टोली हो। यस पटक घरमै भएकोले पनि ब्राजिललाई उपाधि जित्ने चुनौती पनि छ। तर उसका स्टार फरवार्ड नेमार भने चोटका कारण बाहिरिएका छन्। तीन वर्षअघि पनि चोटकै कारण नेमारले प्रतियोगिता गुमाएका थिए।

उता सर्वाधिक १५ पटकको विजेता उरुग्वेलाई २०११ पछि उपाधि जित्ने योजनामा छ।

सन् १९१६ देखि सुरु भएको यस प्रतियवगिताको सुरुको दुई संस्करण उरुग्वेले जितेको थियो।

८ पटकको उपाधि विजेता ब्राजिललाई पनि ३० वर्षपछि घरेलु भूमिमै हुन लागेको प्रतियोगिताको उपाधि जित्ने दबाब छ। तर उसका स्टार खेलाडी नेमार भने चोटका कारण खेल्ने छैनन्। ब्राजिललका पूर्व कप्तान काफुले नेमार बिना नै ब्राजिल उपाधि जित्न सक्षम रहेको समेत बताइसकेका छन्।

यस्तै पछिल्लो दुई पटकको साविक विजेता चिली पनि उक्त प्रदर्शन दोहोर्‍याउने योजनामा छ।

दक्षिण अमेरिकाका १० मध्ये ८ राष्ट्रले उपाधि जितिसकेका छन् भने इक्वेर र भेनेजुएलाले अहिलेसम्म एक पटक पनि उपाधि जित्न सकेका छैनन्।

उरुग्वेले १५ पटक, अर्जेन्टिनाले १४ पटक, ब्राजिलले ८ पटक, पाराग्वे, चिली र पेरुले २-२ पटक तथा कोलोम्बिया र बोलिभियाले १-१ पटक कोपा अमेरिकाको उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell