PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'क्यानडा लान्छु' भन्दै बेहोस बनाएर किड्नी निकाल्ने प्रयास, यसरी परे प्रहरीको फन्दामा



'क्यानडा लान्छु' भन्दै बेहोस बनाएर किड्नी निकाल्ने प्रयास, यसरी परे प्रहरीको फन्दामा

काठमाडौं: मानव बेचविखन तथा ओसार पसारको अभियोगममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोट मेघाङ गाउँपालिका वडा नम्बर ५ घर भएका योगेश सापकोटालाई नियन्त्रणमा लिएको हो।

अभियुक्त सापकोटोले क्यानडामा राम्रो तलब हुने भन्दै पीडितलाई प्रलोभनमा पारी भारत पुर्‍याएर लुटपाट गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनले नवीन गिरी( नाम परिवर्तन)लाई ५ फेब्रुअरी २०१९ मा क्यानडा लग्ने भन्दै भारतको नयाँदिल्ली लगेका थिए। भारतमा पुगेपछि अन्य भारतीय नागरिक समेतले केही रकम देखाउनु परेको भन्दै २२ हजार रुपैयाँ मगाउन पीडितलाई दवाब दिएका थिए।

नवीनले क्यानडा जाने आशमा नेपालमा रहेका बुबा आमालाई फोन गरेर रकम मगाएका थिए। पैसा लिएर नवीनका आमाबुबा १२ फेब्रुअरी २०१९ मा भारतको नयाँदिल्ली पुगेपछि पीडितलाई क्यानडा जान भनी इन्दिरा गान्धी एअरपोर्ट र बाबु र मामालाई गुडगाउँस्थित होटलमा लगि बेहोस पारी किड्नी झिक्ने प्रयास गरेको प्रहरीको दाबी छ। परिवारले जाहेरी दिएपछि योगेश प्रहरीको फन्दामा परेका हुन्।

क्यानडा जाने एरपोर्टमा पगेका नवीन अलपत्र परेपछि बाबु र मामा खोज्दै गुडगाउँस्थित होटल पुगेका थिए। उनीहरुले बेहोस बनाएर नगद लुटपाट गरी बेहोस बनाएर किड्नीसमेत झिक्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell