PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उममेयर कप महिला फुटबल : कामपाको फराकिलो जितमा प्रिती राईको दोहोरो ह्याट्रिक



पहिलोपोस्ट

उममेयर कप महिला फुटबल : कामपाको फराकिलो जितमा प्रिती राईको दोहोरो ह्याट्रिक
बाँसगढीकी पुजा राना (रातो) बल प्रहार गर्दै

काठमाडौं : प्रिती राईले दोहोरो ह्याट्रिक गरेपछि काठमाडौं महानगरपालिकाले आज देखि सुरु भएको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित हात पारेको छ।

शुक्रबार हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा कामपाले भिमेश्वर नगरपालिकालाई १५-० को फरिकलो अन्तलरे पराजित गरेको हो। कामपाको जितमा यू-१६ राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी प्रिती एक्लैले ६ गोल गरिन्।

यस्तै मनिषा थापा मगर र सुनकला राईले ह्याट्रिक गरिन्। सुस्मिता खड्का र सुभद्रा खड्काले १-१ गोल गरिन्।

जितपछि समूह सी मा कामपाले ३ अंक जोडेको छ।

शुक्रवारै भएको उद्घाटन खेलमा बाँसगढी नगदरपालिका र तुल्सीपुर उप महानगरपालिकाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे। बाँसगढीका लागि राष्ट्रिय टिमकी सदस्य पुजाले रानाले २ गोल गरिन्। तुल्सीपुरका लागि दिपा पुन मगर र ममता पुन मगरले १-१ गोल गरिन्।

यस्तै दोस्रो खेलमा चन्द्रपुर नगरपालिकाले गोदावरी नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गरेको थियो। चन्द्रपुरका लागि सविता राना मगर, रजनी थोकर, रश्मी कुमारी ३सिङ र निशा थोकरले १-१ गोल गरिन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा भएको प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन्। यस्तै सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell