PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विप्लवमाथिको प्रतिबन्ध फुकाउन माग गर्दै जर्मनीको कम्युनिस्ट पार्टीले भन्यो- प्रतिबन्धले सामन्तवाद विरोधी संघर्ष कमजोर बन्छ



विप्लवमाथिको प्रतिबन्ध फुकाउन माग गर्दै जर्मनीको कम्युनिस्ट पार्टीले भन्यो- प्रतिबन्धले सामन्तवाद विरोधी संघर्ष कमजोर बन्छ

काठमाडौं : जर्मनीको मार्क्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलपीडी)ले नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिन माग गरेको छ। साथै सो पार्टीले नेकपामाथि लगाएको प्रतिबन्धको विस्तृत कारण दिनसमेत माग गरेको छ।

सो पार्टीका केन्द्रीय कमिटीको तर्फबाट मोनिका गार्टन ‘एञ्जल’ले प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा पत्राचार गर्दै यस्तो माग गरेको हो। 

जर्मनमा पनि प्रतिक्रियाबादी सरकारले कम्युनिस्ट पार्टी आफ जर्मनमाथि सन् १९५६ मा प्रतिवन्ध लगाएको भन्दै त्यो प्रतिबन्ध कम्युनिस्ट विचार दाबाउने हेतुले भएको बताएको छ। अहिले त्यस्तै किसमले नेपालमा वामपन्थी विचार बोकेको माक्र्सवादी–लेनिनबादी सरकारले नेकपा माथि प्रतिबन्ध लगाएको उल्लेख छ।

‘अवश्य पनि नेपालका वामपन्थी क्रान्तिकारी पार्टीहरुबीच सैद्धान्ति, वैचारिक–राजनीतिक भिन्नताहरु छन्। एक अर्काका कार्यहरु प्रति आलोचना गर्दै आएका छन् पनि तर, वामपन्थी शक्तिबीच बादविवाद सैद्धान्तिक आलोचना र आत्मालोचनाबाट हुनुपर्छ,’ पत्रमा भनिएको छ, ‘क्रान्तिकारी शक्ति माथिको प्रतिबन्धले सामन्तवाद विरोधी संघर्ष र समाजवादी विश्व निर्माणको क्रान्तिलाई कमजोर पुर्‍याउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell