PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अब विदेशी फिल्म पनि शुक्रबार मात्र रिलिज, 'भारत'को लागि अदालतले दिएको स्टे अर्डर खारेज



पहिलोपोस्ट

अब विदेशी फिल्म पनि शुक्रबार मात्र रिलिज, 'भारत'को लागि अदालतले दिएको स्टे अर्डर खारेज

काठमाडौं : फिल्म बुधवार रिलिज गराउनका लागि नेपालमा 'भारत' वितरक कम्पनी बैंकटेस इन्टरटेन्मेन्टले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। कम्पनीको माग फिल्म बुधबार रिलिज गरी पाउँ भन्ने थियो। अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत सेन्सर प्रक्रियाका लागि नरोक्न स्टे अर्डर दिएको थियो।

गत बुधवार फिल्म नेपाल रिलिज भयो।

केही समय यता विदेशी फिल्म अन्य दिन सार्वजनिक गर्न हुने, नहुने? भन्ने बारे विवाद चर्किएपछि चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघको बैठक बस्यो। बैठकबाट नेपाली साथै विदेशी फिल्म पनि दशैं, तिहार, इद र नयाँ वर्षमा बाहेक शुक्रबार मात्र रिलिज गराउने निस्कर्ष निस्कियो। र, प्रस्ताव राखियो चलचित्र विकास बोर्डलाई। बोर्ड उक्त विषयमा अनिर्णित थियो।

भारत प्रदर्शन भइरहँदा चलचित्र विकास बोर्डले फिल्म शुक्रबार बाहेक अन्य दिन रिलिज नगराउनुको कारण उल्लेख गर्दै स्पष्टिकरण पठाएको थियो। सोही स्पष्टिकरणका आधारमा काठमाडौं जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ।

भारत रिलिज गर्न स्टे अर्डर दिएको अदालतले उक्त निर्णय खारेज गर्‍यो। सोही प्रकृतीका मुद्धाहरु अब अदालतमा नजाने बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन्।

‘यो फैसला कसैको व्यक्तिगत फाइदा वा बेफाइदाको लागि होइन। समग्र नेपाली फिल्मको पक्षमा, नेपाली फिल्मको हितमा भएको छ। हामीले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेका छौं', अध्यक्षले भने। उनले बोर्डले कुनै पनि विदेशी फिल्म प्रदर्शनमा रोक नलगाउने। तर, नेपाली फिल्मलाई असर नहुने गरि रिलिज गर्ने प्रक्रिया शुरु गरेको उनको दाबी छ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई कार्यभार सम्हाल्न सुरु गरेदेखि बलिउड फिल्म पनि शुक्रबार बाहेक अन्य दिन रिलिज नगर्ने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell